पर्थमा रहेका प्रसिद्ध पर्यटकीय स्थलहरु

0
131

वेस्टर्न अष्ट्रेलियाको राजधानी शहर पर्थ सानो भए पनि यहाँ आकर्षित गर्ने थुप्रै ठाउँहरु छन्। यहाँको वातावारण पनि सफा छ। पर्थलाई बसोबासका लागि उपयुक्त उत्कृष्ट शहरमा गणना गरिन्छ। यहाँ स्वादिष्ट खाना पाइने रेस्टुरेन्ट, स्टाइलिस बुटिक, आर्ट ग्यालरी, म्युजियम सबै कुराको लाभ उठाउन सकिन्छ।

यी हुन् घमाइलो पर्थ शहरतर्फ पर्यटकलाई आकर्षित गर्ने ठाउँहरु :

१ – Kings Park and Botanic Garden –
यो पार्क संसारका ठूला भित्री-शहर पार्कहरू मध्ये एक हो। यहाँबाट Swan River र Darling Range को सुन्दर दृश्य देख्न सकिन्छ।

२ – Swan River
पर्थका बासिन्दा तथा यहाँ घुम्न आउने पर्यटकका लागि यस नदीको किनारामा समय बिताउन पाउँदा निकै आनन्द आउँछ। यहाँको नदी किनारमा पिकनिक जान सकिन्छ। साथै fishing , swimming , पनि गर्न सकिन्छ।

३ – Beaches
घाममा रमाउन चाहने व्यक्तिका लागि पर्थमा थुप्रै सुन्दर सामुद्रिक बिचहरु रहेका छन्। जस्तै : Cottesloe , Port Beach , City Beach आदि।

४ – The Perth Mint
यहाँ  The Gold Exhibition हुने गर्दछ जहाँ सुनबाट बनेका  ऐतिहासिक चिजहरुको मनमोहक झलक देखाइन्छ। जस्तै : संसारको सबैभन्दा ठूलो सुनको सिक्का , सुनका nuggets आदि।

५ – Perth zoo
पर्थ सिटी सेन्टर बाट तीन  किलोमिटरको दूरीमा रहेको यो चिडियाखाना सन्  १८९८ मा बनेको थियो। यहाँ kangaroos, koalas, wallabies, wombats आदि जनावर देख्न सकिन्छ।

६ –  Hillarys Boat Harbour
सेन्ट्रल पर्थदेखि लगभग बीस किलोमिटर उत्तरपश्चिममा रहेको Hillarys Boat Harbour मा रेस्टुरेन्ट ,पसल र  थुप्रै आकर्षणका केन्द्रहरु रहेका छन्। साथै यहाँ  Aquarium of Western Australia   पनि रहेको छ।

७ – Art Gallery of Western Australia
 Perth Cultural Centre मा अवस्थित Art Gallery of Western Australia मा सन् १८२९ देखि अहिले सम्मका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला संग्रह देख्न सकिन्छ।

८ – The Bell Tower
Barrack Square मा रहेको The Bell Tower संसारको सबैभन्दा ठूलो वाद्ययन्त्र मध्ये एक हो।

९ – Scitech
वेस्ट पर्थमा रहेको यो एउटा science museum हो। यहाँ विद्यार्थीले साइन्स एण्ड टेक्नोलोजी , इन्जिनियरिंग ,गणित विषय सम्बन्धि विभिन्न कुराहरुको ज्ञान लिन सक्छ।

१० – St. Mary’s Cathedral
यो चर्च लगभग तीन शताब्दी अगाडि बनेको विश्वास गरिन्छ। St. Mary’s Cathedral एउटा  grand neo-Gothic church हो जुन सन् १८६५ मा consecrated भएको थियो। ***
पर्यटकले हरेक मंगलबार बिहान साढे दश बजे यस चर्चको यो चर्चको टुर गर्न अनुमति छ तर यसका लागि चर्चको अफिसबाट टिकट लिनु जरूरी हुन्छ।

११ –  Aviation Heritage Museum
यो म्युजियम पर्थदेखि जम्मा पन्ध्र किलोमिटर दक्षिणमा रहेको छ। यहाँ लगभग तीस एयरक्राफ्ट र उड्डयन सम्बन्धि विभिन्न कुराहरुको प्रदर्शनी हुन्छ।