‘अष्ट्रेलियाबाट पढाइ सकेर फर्किनु छोरी, अरुको देशमा आफ्नो मेहनत खर्चिनु हुन्न’

0
192

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि ‘केक टु नेपाल’ एउटा भरपर्दो तथा सजिलो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनुभएका आफन्तलाई कस्तो महसुस हुन्छ ? अष्ट्रेलिया र त्यहाँ भएका आफन्तबारे उहाँको कस्तो धारणा छ ? आदि बारेमा केक टु नेपालसंगको सहकार्यमा हिमालयन कंगारुले आफन्तसंग कुराकानी गर्दै ‘नेपालबाट संदेश’ स्तम्भ सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले रामकोट घर हुनुभएका शिव राज गिरिसंगको कुराकानी प्रस्तुत गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मेरी छोरीले पठाइदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
धेरै राम्रो लाग्यो। एकदम खुसी भयौं।

तपाईंको छोरी अष्ट्रेलियामा कहाँ बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
सिड्नीमा बस्छिन्। ४ वर्षजति भयो अष्ट्रेलिया गएको।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
पढ्नका लागि गएकी हुन्। पढिरहेकी छिन्। राम्रै छ अहिलेसम्म त।

चाडपर्वमा उहाँको कत्तिको सम्झना आउँछ ?
छोरीको याद पनि आउंदैन होला र ! एकदमै आउँछ नि।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
राम्रोसंग पढाइ सकेर नेपाल फर्किए हुन्थ्यो। यहीं आएर केही गरे हुन्थ्यो। हाम्रो नजिकमा बसे हुन्थ्यो भन्ने लाग्छ हामीलाई त।

तपाईं अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन। घुम्नका लागि जाने सोंच बनाउंदै छौं।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ?
आफ्नो देश छोडेर अरुको देशमा सेटल हुनु राम्रो लाग्दैन।आफ्नो मेहनत जति अरुको देशमा गयो नि त ! तर जतिगरेपनि आफ्नो देशमा जस्तो भित्री मनदेखि खुसी त त्यहाँ भइदैन। म त आफ्नै देशमा मेहनत गर्नुपर्छ भन्छु। विद्यार्थीहरुले पनि पढाइ पूरा गर्ने अनि फर्किने।

अन्त्यमा, अष्ट्रेलियामा रहनुभएकी हजुरकी छोरीलाई केही संदेश दिन चाहनुहुन्छ कि?
राम्रोसंग बस्नु। आफ्नो ख्याल राख्नु। पढाइ राम्रोसंग पूरा गर्नु। अनि नेपाल फर्किनुपर्छ है !