मेलबर्न नेपालद्वारा आयोजित बार्बीक्यू पार्टी सफलतापूर्वक सम्पन्न (फोटो फिचर)

0
406

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहेका नेपाली युवाहरुको समूह मेलबर्न नेपालद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम तथा बार्बीक्यू पार्टी सफलतापूर्वक सम्पन्न भएको छ। मेलबर्न नेपाल सामाजिक संजाल फेसबुकमा शुरु गरिएको एउटा समूह हो। विशेषगरी नेपाली विद्यार्थीका लागि सहयोग गर्नु र संगै मनोरन्जन प्रदान गर्नु यस समूहको मूख्य उद्देश्य रहेको बताउनुहुन्छ संस्थापक मध्येका एक, शैलेश घिमिरे।

सोही उद्देश्य अनुरुप नयाँ वर्षको अवसरमा मेलबर्न नेपालले नि:शुल्क बार्बीक्यू पार्टीको आयोजना गरेको थियो। वैशाख १ गते, नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिएको उक्त पार्टीमा मेलबर्नमा बस्ने नेपाली युवाको उल्लेख्य सहभागिता रह्यो।

कार्यक्रमका बारेमा जानकारी दिंदै समूहका अर्का संस्थापक सुजन खरेलले भन्नुभयो, “मेलबर्न नेपाल नयाँ समूह हो। अहिले हामी सुरुवाती चरणमा छौं। यसरी आयोजना गरिएको पनि यो पहिलो कार्यक्रम हो। कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रह्यो र अबका कार्यक्रम अझ सहभागितामूलक हुनेछन् भन्ने आशा राखेका छौं। अब हामी विद्यार्थीका लागि उपयोगी, रचनात्मक तथा प्रभावकारी कार्यक्रम ल्याउने योजनामा छौं “।

बार्बीक्यू कार्यक्रम कोबर्ग नर्थ स्थित कोबर्ग लेक रिजर्भमा आयोजना गरिएको थियो। शुभकामना आदान-प्रदान, आपसी सम्बन्ध विस्तार र मनोरन्जनसंगै समापन भएको बार्बीक्यू पार्टीमा सहि हो इभेन्ट्स इभेन्ट पार्टनरको रुपमा रहेको थियो।