
भरतपुर ,३ बैशाख
महानगरपालीका वडा नं ५ निवासी हरिकृष्ण अधिकारी नेपाल कम्युनिस्ट पार्टी माओवादी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गर्नुभएको छ । अधिकारीले नेपाली काङ्ग्रेस पार्टी नै अन्ततः जनताको मनोभावना बुझ्ने पार्टी भएको बताउदै कांगेस पार्टीको बिधान र लोकतान्त्रिक संस्कार मन परेकोले आफु पार्टी प्रबेश गरेको बताउनुभयो । नेपाली काङ्ग्रेस चितवन नारायणगढ को पार्टी कार्यालयमा भएको एक कार्यक्रमका बिच पार्टीका जिल्ला सभापति जितनारायण श्रेष्ठले सम्मान गर्दै पार्टिमा प्रबेश गराउनुभएको हो । उहाँले पार्टी प्रवेश गराउदै भन्नुभयो “अधिकारी जस्ता ब्याक्ति पार्टीका लागि आवाश्यक थियो उहाँ आउनुभयो खुसी लागेको छ , पार्टीले उहाँको क्षमताको उच्च मुल्यांकन गर्नेछ ” । पार्टी प्रवेश कार्यक्रममा भरतपुर ५ का पार्टी सभापति बिष्णु प्रसाद धिताल , जिल्ला सदस्य तथा युवा नेता नवीनराज पौडेल लगायत जिल्ला नेेता तथा वडा नं ५ का कार्यकर्ताको सहभागीता रहेको थियो ।।