अष्ट्रेलियाको भिक्टोरियामा आइतबार न्याभ-ग्रेस गल्फ कप

0
140

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आइतबार न्याभ-ग्रेस गल्फ कप आयोजना हुनेभएको छ। अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गर्ने नेपालीहरुको साझा संस्था नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउनको लागि विभिन्न प्रतियोगिताहरु संचालन गर्दै आएको छ। जसमध्ये विगत १० वर्षदेखि आयोजना हुँदै गल्फ कप प्रतियोगिता पनि एक हो।

आयोजक संस्थाका अनुसार, नेप्लिज गल्फिंग सोसाइटीमा ४० भन्दा बढी सदस्य छन् र ती मध्ये ३० जना भिक्टोरियामा सक्रिय रुपमा गल्फ खेलिरहेका छन् । खेलाडीहरु अष्ट्रेलियामा स्थापित व्यवसायी, उद्धमी, सामाजिक अगुवा तथा युवाहरु रहेका छन्। र, २०११ अर्थात वि सं २०६८ को नयाँ वर्षको अवसरमा स्पोर्ट्स कार्निभलबाट शुरु गरिएको गल्फ कपमा सहभागिता जनाइरहेका छन्। गल्फ कपका संस्थापक, गल्फ कपको आयोजक संस्था न्याभका भूतपूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार बम योन्जनले आगामी बर्ष क्यान्बेरामा आयोजना हुने ओसेनीया स्पोर्टसमा सहभागीता समेत सहभागिता जनाउने बताउनुभएको छ।

यसपालीको गल्फ कप १८ अप्रिल अर्थात आइतबार हुनेछ। न्याभ-ग्रेस गल्फ कपमा Dan Qing Boa , Theo Sriboomak , Phon Do , Michael Yan अतिथि गल्फरको रुपमा रहनुहुनेछ। त्यसैगरी, नेप्लिज गल्फिंग कम्युनिटी भिक्टोरियाको तर्फबाट जोग लिम्बु, आशिष लिम्बु, लोब्संग थुतोप, प्रवेश केसी, साजन तामाङ्ग, मनिष तामाङ्ग, विनोद गोले, सोनस तामाङ्ग, प्रज्ञा तामाङ्ग, हेम तामाङ्ग, सचिन योञ्जन र बम योञ्जन स्वयंसेवकको रुपमा रहनुहुनेछ।

कार्यक्रम संयोजक बम योञ्जनले सबैको साथका कारण गल्फ कपलाई १०औं वर्षसम्म पनि निरन्तरता दिन सकिएको उल्लेख गर्दै न्याभ गल्फ कप २०२१ को मूख्य प्रायोजक संस्था ग्रेस इन्टरनेशनल, न्याभका वर्तमान अध्यक्ष राम गुरुङ, न्याभका सल्लाहकार जोग लिम्बु, प्रेसिडेन्सियल काउन्सिल एड्भाइजर, हस्पिटालिटी पार्टनर बिग बेली, एनआरएनए अष्ट्रेलिया, तामाङ्ग सोसाइटी अफ भिक्टोरिया, इस्टर्न वारियर क्लब, सम्पूर्ण खेलाडी, सहयोगी, मिडिया तथा शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्नुभएको छ।

कार्यक्रमको विस्तृत जानकारीको लागि तस्बिरमा हेर्नुहोस् >>