अष्ट्रेलियामा घाँटीमा बेलुन अड्किएर ११ महिने बालकको निधन

0
692

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्समा घाँटीमा बेलुन अड्किएर एक बालकको निधन भएको छ। उपचारको क्रममा गत बिहीबार ११ महिना उमेरका बालकको निधन भएको हो। निधनको १० दिन पछि नै उनको पहिलो जन्मदिन थियो। तर पहिलो जन्मदिन पनि मनाउन नपाई उनी संसारबाट बिदा भए।

समाचारमा न्युज सेभेनले उल्लेख गरेअनुसार, बालक Heath र आमा Ashleigh Chapman खेलिरहेका थिए। आमाले बालकलाई खाना खुवाईन् र त्यसपछि आफू खाना खानको लागि किचनमा गईन्। यत्तिकैमा बच्चा खोकेको आवाज आयो। तर उनले सामान्य ठानीन्। त्यसको केही समयपछि फेरी बच्चाले खोकेको आवाज आयो र यसपाली Heath ले अप्ठ्यारो गरी, आत्तिएको तरिकाले खोकेका थिए। त्यसपछि आमा Ashleigh दौडिदै आइन्। तर बच्चा भुईमा पल्टिएको अवस्थामा थिए। उनी चल्मलाएका पनि थिएनन्। आमा आत्तिइन् र श्रीमानलाई फोन गरिन् अनि बच्चालाई आफ्नो मुखले सास दिने प्रयास गरिन्।

बच्चालाई छिटो भन्दा छिटो अस्पताल लगियो, तर उपचारको एक घण्टा नै नबित्दै डाक्टरहरुले उनलाई मृत घोषित गरे। बालककी आमाका अनुसार, साना पार्टी बलुन नजिकै थिए। ती बालकले बलुन खाएपछि त्यो घाँटीमा अड्किएको थियो। बालककी आमाले आफ्नो गल्तीका कारण आफ्नो बच्चाको निधन भएको महसुस भएकोले सबै अभिभावकलाई यसबारेमा सतर्क रहन र बेलुन कम्पनीहरुलाई पनि बेलुनमा ठूलो अक्षरमा चेतावनी संदेश लेख्न आग्रह गरेकी छिन्।