‘अष्ट्रेलियामा छोराबुहारी खुसीका साथ बसेका छन्, तर आमाको मनले यहीँ फ़र्किए हुन्थ्यो भन्छ’

0
774

हिमालयन कंगारुले केक टु नेपालसंगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुका आफन्तसंग कुराकानी शुरु गरेको छ। जसमध्ये ‘आमाको माया’ स्तम्भ पनि एक हो। ‘आमाको माया’ अन्तर्गत आज हामीले रुपन्देहीको तिलोत्तमा निवासी मुनिता गुरुङजीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
छोरा-बुहारीले पठाएका हुन्। अष्ट्रेलियामा छन्।

यसरी छोरा-बुहारीले पठाइदिनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
त्यो खुसीको त सिमा नै छैन नि। कत्ति खुसी कति।

उहाँ विदेश जानुभएको कति भयो ?
६ वर्षजति भयो ।

यसरी छोराछोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
छोराछोरीसंग टाढा हुँदा कसलाई रमाइलो लाग्छ होला र ! तर उनीहरुको भविष्यको लागि खुसी पनि मान्नुपर्यो। बेलाबेला यी यसरी उपहार पठाउँछन्, केक पठाउँछन्, फोन गर्छन्, भिडियो कल गर्छन् , त्यसमै सन्तोष मान्नुपर्यो।

उहाँको कुन कुरा बढी याद आउँछ ?
छोराछोरी त जन्मिएदेखि अहिलेसम्मको याद आउँछ नि। छोरी युकेमा छिन् अनि छोरा बुहारी अष्ट्रेलिया छन् , सानो छोरा मात्र छ घरमा। चाडपर्व शुन्य लाग्छ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
त्यहाँ बसेर पनि खाना त खाका छन्, मन लागेको। तर आमाको मन हो। उनीहरुको मन पर्ने खाना सुकुटी, राज्मा बनाउँदा धेरै याद आउँछ।

हजुर छोरा-बुहारी बसेको ठाउँमा जानुभएको छ ?
पहिले अर्कै सहरमा बस्थे अहिले क्यानबेरा भन्ने ठाउँमा बस्छन्। पहिले बसेको ठाउँमा चाहिं गएकी थिएँ। दुई महिना बसेर आ’की थिएँ।

हजुरलाई कस्तो लाग्यो त अष्ट्रेलिया ?
राम्रै छ। सुविधा छ । घुमियो, त्यही हो।

छोरा-बुहारी नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल हुनुभए पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
अष्ट्रेलियामा खुसीले बसेका छन्। तर आमाको मन हो, यहीँ फर्किए हुन्थ्यो भन्ने लाग्छ।

छोरा-बुहारीलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
धेरै आशिर्वाद छ मेरो। खुसी रहनु। आफ्नो ख्याल राख्नु।