अनलाइनमा स्याउ अर्डर गर्दा आइफोन आयो!

0
241

अनलाइनमा सामान अर्डर गर्दा आफूले सोंचेको भन्दा फरक सामान पाउनु सामान्य घटना हुनथालेको छ। तर एक बेलायतीले भने आफूले कल्पना नगरेको सामान पाएका छन्।

निक जेम्स नाम गरेका ती व्यक्तिले अनलाइन मार्फत सुपरमार्केटबाट स्याउ मगाएका थिए। तर सुपरमार्केटले उनलाई आइफोन डेलिभर गरिदिएको छ। जेम्सले ट्विटरमा तस्बिरहरुसंगै उक्त जानकारी गराएपछि अहिले सामाजिक संजालमा यो घटनाले चर्चा पाएको छ। यो ‘सरप्राइज’का लागि उनले सुपरमार्केट चेन Tesco लाई धन्यवाद दिएका छन्।

वास्तवमा यसरी स्याउको ठाउँमा आइफोन आउनु कुनै गल्ती थिएन। सुपरमार्केट चेन Tesco तथा Tescomobile ले ग्राहकहरुका लागि चिठ्ठा जसरी यो पुरस्कार योजना ल्याएका थिए। जसअनुसार, जेम्सले स्याउ खरिद गर्दा आइफोन प्राप्त गरे। सुपरमार्केटले आइफोन संगै उनको अर्डरको स्याउ पनि डेलिभर गरिदिएको जनाएको छ।