अष्ट्रेलियाको न्यू साउथ वेल्समा कोरोना भ्याक्सिन लगाएपछि ४८ वर्षीय महिलाको मृत्यु

0
265

सिड्नी। अष्ट्रेलिया न्यू साउथ वेल्समा कोरोना भ्याक्सिन लगाएपछि एक महिलाको मृत्यु भएको सेभेन न्युजले उल्लेख गरेको छ। गत शुक्रबार भ्याक्सिन लगाएकी ४८ वर्षीय महिलाको मृत्य भएको हो।

भ्याक्सिन लगाएपछि ती महिलामा रगत जम्ने समस्या देखिएको थियो। त्यसपछि उनलाई अस्पताल भर्ति गरियो। तर उपचारकै क्रममा ती महिलाको मृत्यु भएको छ। उनलाई मधुमेह पनि रहेको बताइएको छ। ती महिलालाई कोरोना भाइरसको विरुद्ध अष्ट्रेलियामा प्रयोग गरिएका दुई भ्याक्सिन मध्ये कुन भ्याक्सिन लगाइएको थियो भन्ने बारेमा भने थाहा हुन आएको छैन।

न्यू साउथ वेल्स स्वास्थ्य विभागले ती महिलाको निधनप्रति दु:ख व्यक्त गर्दै घटनाको अनुसन्धान गरिने र विग्य तथा सम्बन्धित निकाय समक्ष पुर्याइने जनाएको छ।