अष्ट्रेलिया आएपछि थाहा भयो: आमाको काख छोड्नु परेपछि बलियो बन्न सिकिँदो रहेछ

0
239

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मनको भावना पोख्ने माध्यमको रुपमा यो टक सेसन शुरु गरिएको हो। केक टु नेपालसंगको सहकार्य रहेको यस टक सेसनमा आज हामीले समिक्षा न्यौपानेसंग गरिएको कुराकानी समावेश गरेका छौं।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो माइती काठमाडौं, चाबहिलमा हो। बिहे गरेको घर चाहिं चितवनमा।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
२०१५ मा आएकी हूँ। अहिले डार्विनमा बस्छु।

अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
अहिले पढाइ सकेर काम गर्दैछु। नर्स हूँ।

विदेशमा बस्दा आमा र घरपरिवारको सम्झना कत्तिको आउँदो रहेछ ?
एकदम धेरै आउँछ नि। यहाँ एक्लो महसुस हुन्छ। भौतिक सुख भएपनि मन त आफ्नो परिवारसंगै हुन्छ।

आमाको के कुरा बढी सम्झना आउँछ ?
आमाले धेरै माया दिनुभयो। दु:खको महसुस हुन दिनुभएन। आमाको छायाँ भएपछि केही कुराको कमी महसुस हुँदैन नि त। त्यसैले बलियो बन्न पनि सिकिएनछ। अष्ट्रेलिया आएपछि आमाको काखबाट टाढा हुँदा बलियो बन्न सिकियो।

आमाको लागि के गर्नपाए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई जन्म दिने आमा अनि मेरो घरकी आमा दुवैलाई सधै खुसी राख्न पाउँ। उहाँहरुको मुहारमा सधै हाँसो देख्नपाउँ।

आमाले पकाउनुभएको कुन खानेकुरा बढी ‘मिस’ गर्नुहुन्छ ?
आमाको हातले पाएको सबै खानेकुरा मिठो नि। सबै ‘मिस’ हुन्छ।

आमाको लागि के संदेश दिन चाहनुहुन्छ ?
माइतीकी आमा अनि घरकी आमा दुवैलाई धेरै धेरै माया। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। सधै खुसी रहनु। मैले धेरै मिस गरिरहेकी छु।

अन्त्यमा, अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई केही सुझाव दिन चाहनुहुन्छ कि ?
अष्ट्रेलियामा विद्यार्थी भएर आएपछि संघर्ष त गर्नुपरिहाल्छ। तर आत्तिनु पर्दैन। पढाइ पूरा भएपछि राम्रो हुन्छ।