गीतसंगीत मार्फत युवाहरुमा उत्प्रेरणा भर्दै कपिल: अक्कड़ बक्कड बम्बे बो

0
97

मेलबर्न। अष्ट्रेलियावासी कपिल सापकोटा र्‍याप गायकको रुपमा आफ्नो नाम स्थापित गर्ने क्रममा छन्। उनका गीतहरुमा युवा जीवनका अनुभव, युवाहरुले भोग्ने तनाव तथा दबाब र त्यसबीचको यात्रा आदिलाई प्रतिबिम्बित गरिएको हुन्छ ।गायनमा मात्र नभई गीत रचनामा समेत सक्रिय उनका गीतहरुमा युवाहरुमा उत्प्रेरणा भर्नसक्ने खुबी हुन्छ। यसको उदाहरण केही दिन अगाडी सार्वजनिक भएको ‘अक्कड़ बक्कड बम्बे बो’ गीत पनि हो।

अक्कड़ बक्कड़ बम्बे बोमा कपिल र सागरको शब्द तथा स्वर रहेको छ। गीतको म्युजिक भिडियोमा आरती श्रेष्ठ, बुनु तामाङ, आशिष भुजेल, प्रशान्त तामाङ, सरुना श्रेष्ठ, आशिष हिडो, युनिक लामा, सुनिता घतानी, सिसम विक, प्रनिशा सुनवार, उषा भट्टराई, त्रिजा पाण्डे, प्रिया राना र सिर्जना श्रेष्ठको जोशिलो नृत्य देख्न सकिन्छ। उक्त म्युजिक भिडियोको निर्देशक ऋषि सुफी हुन् भने सम्पादन अनुप राईले गरेका हुन्।

मेक मनि रेकर्ड्स युट्युब च्यानल मार्फत सार्वजनिक म्युजिक भिडियोलाई वाकव भिजुवल्स र बाबा फिल्म्सले दृष्य निर्माण गरेका हुन्। म्युजिक भिडियोको निर्माता भने मिस्ट चाम्ब्लिङ हुन्।