अष्ट्रेलियामा ब्रिजिंग भिसामा बस्नेहरुको संख्या ३ लाख नाघ्यो

0
1832

मेलबर्न। अष्ट्रेलियामा ब्रिजिंग भिसामा बस्नेहरुको संख्या ह्वात्तै बढेको छ। २०२१ मा आइपुग्दा ब्रिजिंग भिसा होल्डरको संख्या ३ लाख नाघेको हो।

एसबिएस न्युजले उल्लेख गरे अनुसार, अष्ट्रेलियामा ब्रिजिंग भिसा होल्डरको संख्या २०१८ मा १ लाख १ लाख ६२ हजार १ सय १ थियो। २०१९ मा त्यो संख्या १ लाख ९१ हजार ५ सय २९ थियो भने २०२१ मा आइपुग्दा ३ लाख १२ हजार १ सय ३६ पुगेको छ। गृह मन्त्रालयले हालको कोरोना महामारीले निम्त्याएको परिस्थितिका कारण भिसा प्रोसेसिङ्ग समय लम्बिनु, भिसा सम्बन्धि नियममा परिवर्तन आउनु आदि कारणले ब्रिजिंग भिसा होल्डरको संख्या वृद्धि भएको उल्लेख गरेको छ।

ब्रिजिंग भिसा होल्डरहरुले भने यो भिसामा रहेका कारण आफ्नो देशमा जान तथा परिवार भेट्न पनि नपाएको, सरकारी सुविधा नपाएको र अन्योलताका बीच अष्ट्रेलियामा रहनुपरेको दुखेसो व्यक्त गरेका छन्। त्यस्तै, इमिग्रेसन विभागका पूर्व सचिवले भने यसरी ब्रिजिंग भिसाको संख्या बढ्नु भनेको प्रोसेसिङ्ग कार्य चुस्त नहुनु रहेको उल्लेख गरेका छन्। उनले ब्रिजिंग भिसाको संख्या अत्यधिक बढ्दा दक्ष तथा राम्रा व्यक्तिहरुका लागि असर हुने र अपराधिक मानसिकता हुनेहरुका लागि अवसर हुनसक्ने उल्लेख गरेका छन्। त्यसैगरी ‘भिसा फ़्रड’ को सम्भावना पनि रहने उनले बताएका छन्।