अष्ट्रेलियाको न्यू साउथ वेल्सले रिजनल भिसाका लागि थप्यो १ सयभन्दा बढी पेशा

0
2363

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले स्किल्ड अकुपेशन लिस्टमा नयाँ पेशा थप गरेको छ। राज्य सरकारले स्किल्ड वर्क रिजनल भिसा (सबक्लास ४९१) का लागि पेशा थप गरेको हो।

न्यू साउथ वेल्सले अघिल्लो महिना पेशा थप गर्ने तयारि रहेको घोषणा गरेको थियो। जसअनुरुप १ सय भन्दा बढी पेशा स्किल्ड अकुपेशन लिस्टमा थप गरिएको छ। थप गरिएका पेशामा सेफ, कुक, बेकार, मोटर मेकानिक, कार्पेन्टर आदि रहेका छन्। रिजनल क्षेत्रमध्ये पनि Murray का लागि सबैभन्दा धेरै अर्थात १३७ पेशा राखिएको छ भने Orana का लागि १ सय ९ पेशा रहेका छन्। त्यस्तै, धेरै क्षेत्रले अकाउन्टिंगलाई पनि आफ्नो पेशा सूचीमा थप गरेका छन्।

पेशा थप गरिएतापनि न्यू साउथ वेल्स राज्य सरकारले यो भिसाका लागि रिजनल न्यू साउथ वेल्सभन्दा बाहिर बसोवास गरिरहेका तथा काम गरिरहेकाहरुको आवेदन लिन बन्द गरिसकेको छ। विस्तृत जानकारीको लागि >> SBS News