अष्ट्रेलियाको भिक्टोरियामा ५ जनामा कोरोना संक्रमण पुष्टि

0
96

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १७ हजार ४० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ५ जनाको नतिजा पोजेटिभ रह्यो। थपिएका नयाँ संक्रमित सबै होटल क्वारेन्टिनमा बसिरहेका अन्तर्राष्ट्रिय यात्री हुन्।

त्यस्तै, ५ जना नयाँ संक्रमित थपिएसंगै भिक्टोरियामा सक्रिय संक्रमितको संख्या ८ पुगेको छ।