अष्ट्रेलियाको चाइल्ड भिसा सबक्लास (१०१) कस्तो भिसा हो ?

0
124

अष्ट्रेलियाको चाइल्ड भिसा सबक्लास (१०१) को लागि प्रोसेसिङ्ग समय करिब पन्ध्रदेखि उन्नाइस महिना सम्म लाग्न सक्छ। यो भिसा प्राप्त गरेको बच्चा आमा-बुवासँग अष्ट्रेलियामा बस्ने अनुमति पाउँछ।

चाइल्ड भिसा सबक्लास ( १०१ ) भिसा पर्मानेन्ट भिसा हो। त्यसैले यो भिसा प्राप्त बच्चा अष्ट्रेलियामा बस्न र पढ्न पाउँछ। साथै अष्ट्रेलिया सरकारद्वारा प्रदान गरिने स्वास्थ्य सेवाको लाभ पनि लिन सक्छ र पछि अष्ट्रेलियाको सिटिजनशीप पाउने सम्भावना पनि रहन्छ। चाइल्ड भिसा सबक्लास (१०१) को भिसा शुल्क २,६६५ अष्ट्रेलियन डलर रहेको छ। अष्ट्रेलियाको नागरिक ,अष्ट्रेलियाको पिआर भएको अथवा न्युजिल्याण्डको नागरिकले मात्र अष्ट्रेलिया बाहिर रहेको आफ्नो बच्चाको लागि यस किसिमको भिसाको स्पोन्सर गर्न सक्छन्।

यो भिसा अठार वर्ष मुनिको उमेरका बच्चा,आर्थिक रुपमा बुवा -आमामा निर्भर अठार देखि पच्चीस वर्ष मुनिको फुल टाइम विद्यार्थी अथवा काम गर्न नसक्ने डिसएबल बच्चाका लागि दिईन्छ। भिसा आवेदक सिंगल र बुवा आमामा पूर्ण रुपमा निर्भर भएको हुनुपर्दछ। भिसाका लागि आवेदन दिँदाको समय र भिसा स्वीकृत नभएसम्मको समयमा भिसा आवेदक अष्ट्रेलिया बाहिर हुनुपर्दछ । विस्तृत जानकारीका लागि >> https://immi.homeaffairs.gov.au/visas/getting-a-visa/visa-listing/child-101