भारतीय गृहमन्त्री ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी

0
63

मंगलबार भारतका केन्द्रिय गृहमन्त्रि अमित शाह ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। 

मंगलबार पश्चिम बंगालमा आयोजित चुनावी सभामा उनले नेपाली मूलका मतदाताको विश्वास जित्न ढाका टोपी लगाएका हुन्।  दार्जिलिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरर्खालीहरु यहाँका हुन्, नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । कसैले डर देखाउँछ भने नडराउनुस्, गोर्खालीहरु र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसूकैसँग लड्न सक्छ।’

दार्जिलिङमा नेपाली मूलका मतदाताको बाहुल्यता छ । गृहमन्त्री शाहले भारतीय जनता पार्टीको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेपाली भाषीहरुको विश्वास जित्ने प्रयास गरेका छन्।

गोर्खालीहरुले समृद्ध इतिहास रहेको चर्चा समेत उनले गरेका छन्। ‘जब देशभक्त समुदायको नाम लिइन्छ, त्यतिबेला गोर्खालीहरुको नाम सबैभन्दा पहिला गर्वले लिने गरिन्छ।’उनले भनेका छन्। 
बंगालमा भारतीय जनता पार्टीको सरकार बनेमा गोर्खाली समुदायमाथी लगाइएको सबै मुद्दा एक सात भित्रै फिर्ता लिईने प्रतिबद्धता समेत जनाएका छन्।