ग्लोबल मार्कको आयोजनामा होबर्टमा नेपाली नयाँ वर्ष विशेष बार्बिक्यु पार्टी

0
189

होबर्ट। नेपाली नयाँ वर्ष नेपालमा मात्र नभई विश्वभर छरिएर बसेका नेपालीहरुका लागि विशेष समय हो। अष्ट्रेलियामा बस्ने नेपालीहरुले पनि नयाँ वर्षलाई विशेष रुपमा मनाउँदै आएका छन्। यसै अनुरुप तास्मानियाको होबर्टमा शुभकामना आदान-प्रदान र बार्बिक्यु पार्टीको साथमा नेपाली नयाँ वर्ष मनाइने भएको छ।

अष्ट्रेलियामा अध्ययन तथा बसाईसराई गर्न चाहने नेपालीहरुका लागि भरपर्दो माध्यमको रुपमा परिचित ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसले कार्यक्रमको आयोजना गरेको हो।

ग्लोबल मार्कका निर्देशक अरुण चित्रकारले व्यस्त जीवनशैलीबाट समय निकालेर तनाव व्यवस्थापनको अवसर सिर्जना गर्दै विद्यार्थी लगायत समग्र नेपाली समुदायका लागि सम्बन्ध विस्तार तथा सद्भावको विकास गर्ने र संगै अष्ट्रेलियामा रहेको नेपाली नयाँ पुस्तालाई नेपाली नयाँ वर्ष उल्लासपूर्ण तरिकाले मनाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। निर्देशक चित्रकारले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रम सहभागी हुन आग्रह समेत गर्नुभएको छ।

कार्यक्रम १७ अप्रिल अर्थात आगामी शनिबार Gormanston Rd, Monnah, Tas 7009 स्थित बेन्जाफिल्ड पार्कमा हुनेछ। कार्यक्रम दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ।