अष्ट्रेलियाका प्रधानमन्त्री मरिसनद्वारा नेपाली नयाँ वर्षको शुभकामना व्यक्त

0
584

मेलबर्न। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री मरिसनले मंगलबार शुभकामना संदेश जारी गर्दै नेपाली नयाँ वर्ष २०७८ को अवसरमा नेपाली समुदायलाई शुभकामना व्यक्त गरेका हुन्।

उक्त संदेशमा प्रधानमन्त्री मरिसनले नेपाली समुदाय ऊर्जाशील रहेको तथा कोरोना महामारीको समयमा पनि सरकारलाई सहयोग गर्दै समुदाय स्तरमा प्रभावकारी भूमिका खेलेको उल्लेख गर्दै प्रशंसा समेत व्यक्त गरेका छन्। साथै उनले यो नयाँ वर्ष अष्ट्रेलियामा नेपाली संस्कृति चिनाउने एक माध्यम रहेको बताएका छन्। संदेशमा प्रधानमन्त्री मरिसनले नेपाली समुदाय लगायत सबै मिलेर अष्ट्रेलिया मात्र नभई सम्पूर्ण विश्वलाई सुन्दर बनाउन हातेमालो गरेर अगाडी बढ्ने भावना व्यक्त गरेका छन् । प्रधानमन्त्रीको शुभकामना संदेश :