अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य

0
47

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आज कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १० हजार ३ सय ३८ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण पुष्टि भएन। त्यस्तै, भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या ३ रहेको छ। सक्रिय संक्रमित सबै होटल क्वारेन्टिनमा रहेका अन्तरराष्ट्रिय यात्री हुन्।