यहाँ केही प्रेम बारे कुरा गरौ

0
390

मानव जीवनको जन्मदेखि मृत्यु सम्मको अवधिमा थुप्रै तितामिठा अनुभवहरु,कहिले एक गास खानको चिन्ता,कहिले एकसरो लगाउनको त कहिले मीठो निद्राको लागि ओछ्यानको चिन्ता,कहिले भुल्नै नसकिने आनन्दमय सुख र खुसिका क्षणहरु त कहिले कहालिलाग्दा दुःख र सङ्घर्षका क्षणहरु ,सफलता र असफलता का खुड्किलाहरु एक जीवनको लागि महत्त्वपूर्ण हुन्छन।जब मानिस जन्मन्छ तब उसलाई केही चिन्ता हुदैन,समय बित्दै जादा वा उमेर बढ्दै जादा केही रहर र आवश्यकता चाङहरु विस्तारै बढ्न थाल्दछन।उमेरको परिधि बढ्दै जादा उमेरअनुसार हुने परिवर्तन ,रहर र आवश्यकताको दायरा पनि बढ्दै जान्छ।माया,मोह,लोभ,लालच,प्रेम,स्नेह ,सहानुभूति जस्ता कुराहरु मानसिक,सामाजिक तथा सवेंगात्मक विकास सगै जोडिएका हुन्छन।यहाँ केही प्रेम बारे कुरा गरौ।

हुन त एउटा केटा र केटि सम्बन्धमा बस्नुलाई मात्र प्रेम हो भन्न सकिदैन।किनकि यहाँ हरेक मानिस मानिस बिच गहिरो प्रेम छ,मानिस र पशुपक्षिं लगायत हरेक प्राणिमा प्रेम छ जुन फरक छ।आमाबुबाले छोराछोरीलाई गर्नै प्रेम,साथिलेसाथिलाई गर्न प्रेम ,घर बाहिर गरिने प्रेम,घरभित्र गरिने प्रेम,स्वार्थको लागि गरिने प्रेम,नि:स्वार्थ भावनाले गरिने प्रेम ।प्रेम दर्शाउने तरिका भिन्न हुन्छ,कोहि ख्यालख्यालमा प्रेम गर्छन ,कोहि एकोहोरो प्रेममा टोलाइरहन्छन,कतिपय प्रेम सम्बन्ध बिच बाटोमा नै अलपत्र पर्छन त कतिपय प्रेमहरु अन्तिम सास सम्म पनि एक अर्काको अगाँलोका कसिएर रहन्छ।कोहिसगँ यस्तो प्रेम पनि हुन्छ जसलाई जीवनमा एकचोटि भन्दा देखिएको हुदैन,कोहिलाई वास्ता नै गरिदैन त कोहिलाई मनदेखि मन पराइएको हुन्छ तर उसलाई आफूतर्फ आकर्षण गराउन निकै कठिन हुन्छ या सकिदैन ।

मैले जिवनको लागि अति आवश्यक तत्व भनेको प्रेम हो रहेछ भन्ने कुरा बुझ्दै छु।सायद यो मेरो बढ्दै गएको उमेर र उमेर सगैँ मनमा उत्पन्न हुने अनेकौ तरङ्गहरुको प्रभाव हो।यो एक स्वभाविक प्रक्रिया भएकोले प्रेममा पर्नु चाहनु वा फस्न चाहनु कुनै नौलो कुरा पनि हैन।यत्रो संसार मायाको मीठो मोह जालमा परिरहँदा म यसबाट कसरी अछुतो रहन सक्थे र?घर ,परिवार,आफन्त ,इष्टमित्र ,समाजले यसबाट जोगिनु वा गर्नुहुँदैन भन्ने उपदेश दिइरहन्थे।तर बढ्दो उमेर र जिवनमा भविष्यका मिठा सपनाहरु बिच सो उपदेशको कुनै अर्थ नै थिएन भने अचम्मको कुरा त उपदेश दिनेहरु पनि यसबाट अछुतो थिएनन।प्रेमको जन्जिर भित्र नपरेको मान्छे नै छैन वश फरक यत्ति हो कि कोहि छिटो ,कोहि ढिलो मात्र यसको फन्दामा पर्दथे,मलाई थाहा छैन म छिटो परे या ढिलो परे तर यति चाहिँ थाहा छ कि प्रेम फन्दामा पर्न चाहिँ परेँ।

एकदिनको कुरा हो,घरमा बसिरहन पट्यार लागेर साथिहरुसगँ चोकतिर घुम्न निस्किएको थिए,साथिहरुसगँ गफिदै हाम्रा पाइलाहरु निरन्तर अगाडि बढिरहेका थिए।एक्कासि मेरो ध्यान मोडियो र मेरो नजर एक सुन्दरि किशोरीमाथि पर्न गयो।बाटो काट्दै गरेकि ती नानिको सुन्दरताले नै मलाई आकर्षण गरेको हुनुपर्छ,रातो ज्याकेट लगाएकि,कपाल फिजारेकि साथमा मन्ध मुस्कानले सुन्दररुपि अनुहारलाई थप उज्यालो बनाएकि ,हेर्दै एक परि जस्ति जसले एकोहोरो मेरो दिलमा बास जमाइरह्यो।अहिलेका धेरै सम्बन्धहरु सामाजिक सञ्जालबाट बाट नै सुरु हुने गर्छन तर एकदमै कम सम्बन्धहरु मात्र सफल हुने गर्छन।मेरो एकोहोरो प्रेम कहानि पनि यहिँ बाट सुुरु गर्नु थियो,अरु कुनै विकल्प पनि त थिएन ।केटि त देखियो तर उसको बारेमा केही थाहा छैन यदि सम्म कि नाम पनि थाहा छैन।अब कसलाई भनु ,कसरी भनु,कसैलाई फलानो व्यक्तिको नाम के हो भनेर सिधै सोध्ने कुरा पनि भएन,त्यो केटि मन पर्यो मलाई फेसबुक आइडि मिलाइदे भन्ने कुरा पनि भएन।केही दिनहरु यत्तिकै बिते।

अर्को दिन कुनै कामवश म घरबाट बाहिर निस्किएको बेला दोस्रोपटक उसलाई देखेँ ,कलेज ड्रेस लगाएर साथिहरुसगँ गफिदैँ कलेज तिर हिडिरहेकि,म पछिपछि उनिहरु अघिअघि क्या संयोग म हर्षित भए ।केही समयपछि यताउति गरेर नाम पत्ता लगाए फेसबुकमा friend request पठाए ,के accept हुन्थ्यो र न अनुहार परेको न केही भएको ।दिनहरु यत्तिकै आशैआशमा बितिरहे,पटकपटक cancel गर्दै request पठाउँदै गरेँ अन्तिममा massage request पठाएपछि मात्र accept भयो।जुन पहिलो चरण थियो। घर थाहा भयो,पढ्ने कलेज थाहा भय,केही आनिबानि पनि थाहा भयो।बिस्तारै बिस्तारै कुराहरु हुन थाले ,म बोल्न चाहन्थे तर उनले खासै वास्ता गर्दैनथिन।किन बोल्दैनौ भन्दा मलाई बोल्न मन छैन,म दाइसगँ बोल्नुपर्छ ,होमवर्क गर्नु छ,ड्रामा हेर्दै छु यस्तै यस्तै जवाफ आउथ्यो जसले मलाई निकै निराश बनाउँथ्यो।
एकपल्ट त साथिको फेसबुकबाट म्यासेज गरेर विचार पनि गरेँ ,यति सम्म त नगरेको भए पनि हुने तर मनले पटक्कै मानेन।कयौंपटक उसको आइडि सर्च गर्थे,मोबाइल ग्यालरीमा पनि उनका फोटाहरु सेभ गरेको थिए।उसको कलेज विदा हुने समयमा उसलाई देख्नको लागि घरबाट चोकतिर जान्थे,लुकिलुकि उसको पिछा गर्दथे उसको हिडाई,हाउभाउ हेरिरहन्थे।यस्तो आदत बसिसकेको थियो कि उसलाई नदेखेसम्म,फोटो नहेरेसम्म वा उसको म्यासेज नआएसम्म निद्रा पनि लाग्दैनथ्यो ।हरेक ठाउँमा जादाँ सको म्यासेज आयो कि भने। पटकपटक मोबाइल चेक गर्दथे उनले म्यासेज हर्दा सम्म पनि हेर्दैनथिन म निराश हुन्थे ।यस्ता पलहरु थुप्रै छन,रातको १२/१/२/ बजे पनि उसको म्यासेजको प्रतीक्षा गरिरहन्थे भने सपनामा पनि उसलाई देख्ने बानि परिसकेको थियो ।सायद म एकोहोरो प्रेममा परेको थिए।

म आफ्ना कुरा गोप्य राख्थे तर मेरो एउटा चतुर साथि थियो उसले मोबाइलमा भएका सबै कुरा थाहा पाउथ्यो ,यो घटनाबरे उ पुर्ण रुपमा ज्ञात थियो।एकदिन उहीँ साथिले मलाई उनको कसेसगँ यश अगाडि सम्बन्ध भएको भन्ने बारे जानकारी दियो तर मलाई पत्यार लागेन ।आजकल केटाकेटी बोल्य भनेपछि ती दुईको सम्बन्ध हुन्छ भन्ने भ्रम ज्यादा छ।त्यहि पनि यो कुराले मलाई केही दुःखित चाहिँ बनायो।मैले उनलाई यसबारे प्रश्न गरे उनको बोल्न बोल्थ्यौ तर त्यस्तो केही होइन भन्ने जवाफ आयो ….


केही खुसि त भए तर मनमा अनेकौ विद्रोहका भावहरु उत्पन्न हुन थाले ।मलाई भित्रभित्रै रिस पनि उठ्यो,आफुले मन पराएको मान्छेको बारेमा नानाथरी अनावश्यक कुरा सुन्दा रिस उठ्नु स्वभाविक पनि थियो।तर उसलाई भने मेरो केही मतलब थिएन।मैले उसलाई सम्झाउने कोसिस गरे तर उसले बुझ्नै खोजेन उल्टै मेरो बारे अनावश्यक नभन्नु ,मलाई नसिकाउनु यस्तै यस्तै जवाफ आयो।मैले पटकपटक सम्झाउने कोसिस गरेँ उनि रिसाएर बोल्नै छोडिन।
मलाई छट्पटी हुन थाल्यो ,पिडा हुन थाल्यो ,म दिनदिनै उसलाई म्यासेज गर्दथे तर उसले कहिल्यै त्यसको जवाफ दिएन।म उसको फोटाहरु हेर्थे,उसलाई देख्न उसको घरवर जान्थे,कहिले उसलाई देख्थे र खुसि हुन्थे नदेख्दा निराश भएर फर्कन्थे।फेसबुकमा पनि अनफ्रेन्ड गरिछिन।उसको एकजना साथिलाई मैले चिनेको थिए उनलाई सोध्धिन भन्दै आग्रह गरे कि उनी मसगँ किन बोल्दैनन भनेर “उनले त मैले त्यसलाई चिन्दिन एक चोटि म्यासेस रिक्वेष्टमा म्यासेज पठाएको थियो ” भनेर भनिछिन ।यो जवाफले मलाई झन दु:खि बनायो ,यस्थो भयो कि म एकोहोरो रोटिको एकापट्टि डढेको भाग म नै हुँ।अब त भयो म बोलाउदिन भन्ने पनि लाग्यो तर मनले मानेन उसको केही जवाफ नआए पनि यताबाट म्यासेस पठाएर सन्तुष्टि हुनुको विकल्प थिएन।

मलाई लाग्यो यो सबै उमेरको दोष हो,समयको माग र चाहना हो।यसरी प्रेममा पर्नुको मजा पनि त छ,भविष्यमा आजका यी तिता घटना सम्झेर मुस्कुराउन सकिन्छ ,आँसु झार्न सकिन्छ ,कसैलाई कथाको रुपमा सुनाउन पनि त सकिन्छ ।जे भईरहेको छ ,ठिकै भईरहेको छ।कसैको लागि प्रेम थियो र त यसरी पिडामा परिएको थियो ,अनि त्यो पिडाले एउटा मीठो पाठ सिकाएको थियो ,अनि त्यो पाठभित्र जिवनको अर्थ थियो।