अष्ट्रेलियामा फार्म वर्करको शारिरीक काम अलि धेरै हुनुका साथै काम गर्ने समय पनि लामो हुन्छ। फार्म वर्करले ट्रेक्टर चलाउने काम देखि लिएर बिरुवा रोप्न उपयुक्त जमिन तयार पर्ने ,बिरुवा रोप्ने ,अन्न बाली काट्ने भण्डार गर्ने , पाकेका फलफूल टिप्ने र भण्डार गर्ने काम समेत गर्नु पर्छ। साथै खेतबारीमा प्रयोग हुने विभिन्न किसिमका मेशिनहरुको हेरचाह र मर्मत पनि गर्नुपर्छ।
फार्म वर्करले खेतबारीमा काम गर्दा पशुधनको को सुरक्षा तथा हेरचाह गर्नुको साथै तिनीहरुको आश्रयस्थल को पनि सरसफाई गर्नुपर्ने हुन्छ, त्यस्तै फार्ममा भएका सबै पशु, अन्नबाली तथा फलफूलको रेकर्ड राख्ने त्यस सम्बन्धि फाइल बनाउने काम पनि फार्म वर्करले गर्नुपर्छ।
पेस्केलका अनुसार, अष्ट्रेलियामा फार्म वर्करको रुपमा काम गर्नेहरुको औसत कमाइ २१ डलर रहेको छ। त्यस्तै, अष्ट्रेलियामा ५ देखि ९ वर्ष सम्मको कामको अनुभव भएका फार्म वर्करको औसत तलब प्रति घण्टा २३,९६ छ भने १० देखि १९ वर्षको अनुभव भएका व्यक्तिले २४,२३ अष्ट्रेलियन डलर सम्म पाउन सक्छ।