अष्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर २०२४ सम्म सामान्य अवस्थामा नफर्किने विज्ञको चेतावनी

0
258

मेलबर्न। कोरोना महामारीका कारण बन्द रहेको अष्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर कहिले खुल्ला भन्ने प्रतिक्षामा सबै रहेको समयमा विज्ञहरुले भने बोर्डर सामान्य अवस्थामा फर्किन समय लाग्ने बताएका छन्।

Deloitte Access Economics’ quarterly business outlook मा कोरोना भ्याक्सिन तथा प्रभावको बारेमा प्रकाशित अनुसन्धानमुलक सामग्रीमा उक्त कुरा प्रकाशित भएको हो। जसमा विज्ञहरुले अष्ट्रेलियाको बोर्डर सहज रुपमा नभई विस्तारै चरणबद्ध रुपमा खुल्ने बताएका छन्।

विज्ञहरुका अनुसार, होटल क्वारेन्टिनलाई निरन्तरता दिंदै बोर्डर खुल्ला हुन सक्छ। तर अष्ट्रेलियाको बोर्डर कोरोना महामारीभन्दा पहिलेको समय अर्थात् सामान्य अवस्थामा फर्किन भने २०२४ सम्ममा मात्र सम्भव देखिन्छ।

अष्ट्रेलियामा संचालन गरिएको कोरोना विरुद्धको खोप लगाइसकेपछि केहीमा देखिएको स्वास्थ्य समस्याले पनि बोर्डर सामान्य अवस्थामा आउने कुरामा अन्योलता सिर्जना गरेको छ। तर विश्वभरका देशले कोरोना महामारी नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरिरहेको र अष्ट्रेलियाले पनि आफ्नो तर्फबाट प्रभावकारी कदम चालिरहेकोले केही वर्षमै अर्थतन्त्रमा सुधार आउने र स्थिति सामन्य अवस्थामा फर्किने आशा गरिएको छ।