ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु

0
62

चितवन, चैत ३०

चितवनको राप्तीमा गए राती ट्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नं ११ आमपानीको चिउडे खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर पल्टदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ ७ः३० बजे पहाडी क्षेत्र थाकलटारबाट चिउडेखोला तर्फआई रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

ट्याक्टरमा करिब २५ जना सवार भएको र त्यस मध्य पाँच जना को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य २२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भिर हरेको प्रहरीले जनाएको छ ।