‘अष्ट्रेलियामा रहँदा नेपाली लोकल कुखुराको मासु मिस हुन्छ’

0
563

अष्ट्रेलियामा रहेका सबै नेपालीको लागि आफ्नो अनुभव र चाहना राख्न पाउने ठाउँ रुपमा तथा नेपाली व्यवसाय प्रबर्द्धनको लागि हिमालयन कंगारुले ‘टक’ सेसन राखेको छ। जसमा अष्ट्रेलियामा बसेका नेपालीहरुसंग विभिन्न विषयमा गरिएको कुराकानी समावेश गरिन्छ।

आजको टक सेसनमा हामीले खाना तथा रेष्टुरेन्टको बारेमा कुराकानी ‘फुड टक’ गरेका छौं। आजको फुड टकमा हाल सिड्नीमा बसोवास गरिरहनुभएका सुदिप कार्कीसंग गरिएको संक्षिप्त कुराकानी :

नेपालमा तपाईंको घर कहाँ हो ?
काठमाडौं, चाबहिलमा हो।

अष्ट्रेलिया आउनुभएको कति भयो ? हाल अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
अष्ट्रेलिया आएको त ८ वर्ष भयो। पढाइ सकियो। अहिले कामतिर नै केन्द्रित छु।

खानामा कत्तिको सौखिन हुनुहुन्छ ?
एकदमै सौखिन छु।

तपाईंलाई मन पर्ने परिकार कुन हो ?
थाई खाना सबैभन्दा बढी मनपर्छ।

नेपालको कुन खानाको परिकार ‘मिस’ गर्नुहुन्छ ?
नेपाली लोकल कुखुराको मासु सबैभन्दा बढी मिस गर्छु।

तपाईं बसिरहनुभएको ठाउँ वरिपरि नेपाली रेष्टुरेन्ट कत्तिको छन् ?
दुई /तीनवटा जति छ।

नेपाली रेष्टुरेन्टमा कत्तिको जानुहुन्छ ? तपाईं गइरहने नेपाली रेष्टुरेन्ट कुन हो ?
गइरहन्छु। सबैभन्दा बढी जाने चाहिं हिसिला रेष्टुरेन्ट।

नेपाली रेष्टुरेन्टमा खानाको मूल्य कत्तिको महँगो छ ?
अरु रेष्टुरेन्टको तुलनामा नेपाली रेष्टुरेन्ट त्यति महँगो हुँदैन।

नेपाली रेष्टुरेन्टको सेवा कस्तो पाउनुभएको छ ?
राम्रो छ। इम्प्रुभ हुँदैछ।

नेपाली रेष्टुरेन्टले आफ्नो सेवा अझ राम्रो बनाउनको लागि के गर्नुपर्ला ?
खानामा केही अलग स्वाद हुनुपर्यो। अनि खानाका परिकार बढाउनुपर्यो। नेपालीले मिस गर्ने खानालाई समावेश गर्नुपर्यो।