अष्ट्रेलियाको तस्मानियामा शनिबार भव्य रुपमा नेपाली नयाँ वर्ष मनाउने तयारी

0
278

होबर्ट। अष्ट्रेलियाको तस्मानियामा शनिबार अर्थात् १० अप्रिलमा नेपाली नयाँ वर्ष विशेष कार्यक्रम हुनेभएको छ। तस्मानियामा बसोवास गरिरहेका नेपालीहरुको साझा संस्था नेपाली सोसाइटि अफ तस्मानियाले कार्यक्रमको आयोजना गरेको हो।

नेपाली नयाँ वर्ष विशेष कार्यक्रममा सहभागिताको लागि प्रवेश शुल्क १० डलर मात्र तोकिएको छ। त्यसमा पनि सहभागी मध्येबाट भाग्यशाली विजेताको लागि आइप्याड, सामसुङ्ग ट्याब जस्ता पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ। यसका साथै कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, डिजेको साथमा विभिन्न रमाइला प्रस्तुति पनि रहनेछन्।

कार्यक्रम Citywide Baptist Church 400 Cambridge Rd मा बेलुका पाँच बजेदेखी राती ९ बजेसम्म चल्नेछ।