नियन्त्रणमा आएपछि फेरि सल्कियो चोभारमा लागेको डढेलो

0
156

देशभर यति बेला डढेलोको आक्रान्त बढेको छ। ६६ जिल्ला मध्ये अधिकांश जिल्लामा डढेलोको कहर कायम रहेको छ।
देशभरका विभिन्न भू-भागमा डढेलोकै कारण वायू प्रदुषण चरम अवस्थामा पुगेको छ।

काठमाडौँको चोभारस्थित जंगलमा शुक्रबार बिहान डढेलो लागेको छ। जंगलमा एक्कासी आगलागी सुरु भएको
स्थानीयहरुले बताएका छन्।बिहान पहिलो पटक लागेको आगोलाई स्थानीय र दमकलको सहायतामा नियन्त्रणमा
लिईएको थियो। दमकलले आगो निभाएर हिडेको केहि समयपछी पुन: सोहि स्थानमा आगलागी सुरु भएको स्थानीयले
जानकारी दिएका छन्।

पछिल्लो पटक लागेको आगोलाई भने स्थानीयले मिलेर नियन्त्रणमा लिएका छन्। के कारणले आगलागी भएको हो खुल्न
सकेको छैन।