अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमितको संख्या शुन्य कायम

0
236

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या आज पनि शुन्य रहेको छ।

शुक्रबार बिहानको अपडेट अनुसार, भिक्टोरियामा पछिल्लो २४ घण्टामा १३ हजार २ सय ९१ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन। त्यस्तै, भिक्टोरियामा सक्रिय संक्रमितको संख्या पनि शुन्य रहेको छ।