बेलायतबाट नेपाल राष्ट्र बैंकले ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको नोट परिक्षण मेसिन ल्याउने तयारी भएको
छ।
बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट राष्ट्र बैंकले सो मेसिन ल्याउन लागेको बताइएको छ। सबैभन्दा कम मुल्यमा यहि
कम्पनीले बिडिङ गरेको थियो । सो मेसिनले नक्कली, सक्कली, झुत्रा नोट छुट्याउनेछ ।
कम्पनीले प्रस्ताव गरेको मूल्य आजको विदेशी विनिमयदर अनुसार १३ करोड ७५ लाख १० हजार २६७ रुपैयाँ पर्न जान्छ । आशयपत्र जारि गर्दै केन्द्रिय बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मेशिन ल्याउन लागेको बताएको छ।