अष्ट्रेलियामा नेपाली क्रिकेटरहरुको इन्टर-स्टेट प्रतियोगिता

0
325

मेलबर्न। अष्ट्रेलियामा नेपाली समुदायका क्रिकेटरहरुको इन्टर-स्टेट प्रतियोगिता हुनेभएको छ। भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसन र एनआरएनको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा समुदायका उत्कृष्ट क्रिकेटरहरु आफू बसेको राज्यको प्रतिनिधत्व गर्दै मैदानमा उत्रिने भएका हुन्।

एक्सपर्ट ईन्टरस्टेट ट्राईसिरिज प्रतियोगितामा न्यूसाउथवेल्स, भिक्टोरिया र तास्मानियामा रहेर आफ्नो खेल कौशल देखाएका खेलाडीहरु सहभागी हुनेछन्।

जसमध्ये भिक्टोरियाको टिममा कुशल तुलाधार कप्तान तथा आशिष जिसी उप-कप्तान रहनेछन् । म्यानेजर सविन अधिकारी रहेको यो टिमको खेलाडीहरुमा सन्दिप यादव, अविनास पौडेल, प्रकाश थापा, पुकार भण्डारी, दिपेन रायमाझी, विकेस श्रेष्ठ, निकेश खनाल, राजकुमार गुरुङ, सन्देश कँडेल, युत्सव पोखरेल, धिरज दास, सन्जोग दाहाल र दिनेश सापकोटा रहनेछन्।

तास्मानियाको टिममा खेलाडीहरु मोईनकुमार श्रैष्ठ, अनुज अधिकारी, अभिषेक श्रेष्ठ, सुनित अर्याल, सुरज थापा, अयुप न्यौपाने, अमृत भट्टराई, सागर क्षेत्री, अन्जित लम्साल, किरण पाण्डे, अवि भण्डारी, उमेश पण्डित, गोविन्द कार्की र सन्दिप अधिकारी रहने बताइएको छ। त्यसैगरी, न्यूसाउथवेल्सको टिममा नविन गुरुङ कप्तान तथा सरोज पाठक उप-कप्तान रहनेगरी अनुुप ओली, अमन सिंह, रमेश क्षेत्री, राजु न्यौपाने, युवराज मल्ल, सुजन कार्की, विशाल सुनार, रुपेश श्रेष्ठ, आयुश थापा र राहुल श्रेष्ठ रहने घोषणा गरिएको छ।

प्रतियोगिता यो सप्ताहन्त अर्थात १० र ११ अप्रिलमा जिलोंगमा हुनेछ।