अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययन गर्नका लागि अष्ट्रेलिया किन रोज्छन् ? १० कारण

0
68

आफ्नो देश छोडेर अध्ययनका लागि विदेश जानु हरेक व्यक्तिका लागि गाह्रो हुन्छ। यसमाथि कुन देश जाने भन्ने निर्णय गर्न झनै गाह्रो हुन्छ।
अहिले अष्ट्रेलिया अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीको प्रमुख रोजाई बनेको छ। । विश्वमान्यता प्राप्त विश्वविद्यालयहरु र र त्यहाँ पढाई हुने विभिन्न विषय सम्बन्धि पाठ्यक्रमका कारण विद्यार्थीहरु अध्ययन गर्न अष्ट्रेलिया आउने गर्छन्। साथै बहुसांस्कृतिक समाज , सुन्दर प्राकृतिक परिदृश्य र अध्ययन पछि पाइने जागिर र पिआरले पनि सबैलाई अष्ट्रेलियाले आकर्षित गरेको हो।

यी हुन् अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलियातर्फ आकर्षित हुने दश कारणहरु :

१ – विश्व मान्यता प्राप्त युनिभर्सिटी
अष्ट्रेलियामा जम्मा त्रिचालिस वटा युनिभर्सिटीहरु रहेका छन्। ति मध्ये चालीस युनिभर्सिटी अष्ट्रेलियन ,दुई युनिभर्सिटी अन्तर्राष्ट्रिय र एउटा युनिभर्सिटी प्राइभेट हो। जसमध्ये छ वटा युनिभर्सिटी संसारका उत्कृष्ट सय युनिभर्सिटी मध्ये पर्दछन्।

२ – सांस्कृतिक विविधता
संसारका विभिन्न ठाउँका मानिसहरु यहाँ बसोबास गर्ने हुँदा यहाँको समाजमा सांस्कृतिक विविधता पाइन्छ। यहाँ बेला बेलामा विभिन्न चाडबाड सम्बन्धि कार्यक्रमहरु आयोजना हुने गर्दछन्। जसले गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीले यहाँ विभिन्न देशका खानपान ,भेषभूषा र भाषाबारे जान्ने मौका पाउँछन्।

३ – कोर्समा विविधता
अष्ट्रेलियाका युनिभर्सिटीहरुमा हरेक तह तथा संकायमा विभिन्न विषयहरुको पाठ्यक्रम राखिएको हुन्छ। जसबाट विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको विषय सजिलै रोज्न सक्छ। यसका लागि आफूले अध्ययन गर्न चाहेको विषय र सो विषयसँग सम्बन्धित पाठ्यक्रम भएको युनिभर्सिटी बारे अनुसन्धान गर्नु जरुरी हुन्छ। ****

४ – भौगोलिक विविधता
अष्ट्रेलिया विविध भूभागका लागि प्रसिद्ध छ। यहाँ सामुद्रिक बिच ,बलौटे डेजर्ट ,हरिया पहाड का साथै हिउँले छोपिएका पहाडहरु पनि देख्न सकिन्छ। छुट्टीका समय बिताउनका लागि विभिन्न पार्कहरु रहेका छन्। Bushwalking or kayaking पनि गर्न सकिन्छ।

५ – स्टुडेन्ट भिसा प्राप्त गर्न सहज छ।
अन्तर्राष्ट्रिय विद्यार्थीले अष्ट्रेलिया आउनका लागि अष्ट्रेलियाले प्रदान गर्ने स्टुडेन्ट भिसा (सबक्लास ५०० ) का लागि आवेदन दिन सक्छ। भिसा आवेदन स्वीकृत हुनका लागि माग गरिएका विभिन्न आवश्यकताहरु पूरा गर्नुपर्ने हुन्छ। जस्तै : अध्ययन गर्न शैक्षिक संस्थाले दिएको स्विकृति ,
पर्याप्त वित्तीय क्षमता ,स्वास्थ्य बिमा आदि।

६ – इंटर्नशिप उपलब्धता
अष्ट्रेलियाका कतिपय युनिभर्सिटीहरुले विद्यार्थीहरुका लागि इंटर्नशिप अथवा कामको व्यवस्था गरिदिएका हुन्छन्। जसले गर्दा विद्यार्थीले काम सम्बन्धि अनुभव बटुल्न सक्छ र सो अनुभव भविष्यमा जागिर गर्दा काम लाग्छ।

७ – जीवन्त शहरी जीवन
अष्ट्रेलियाका युनिभर्सिटीहरु ग्रामिण तथा शहरी दुवै क्षेत्रमा रहेका छन्। अध्ययनका लागि जहाँ बसे पनि केहि दूरीमै शहर पुग्न सकिन्छ र शहरी रमझमको आनन्द लिन सकिन्छ।

८ – जैविक विविधता
अष्ट्रेलियामा विविध वन्यजन्तु देख्न पाइन्छ। यहाँ संसारकै अनौठा जनावरहरु रहेका छन्। जस्तै :कोआला ,कंगारू, डिङ्गो आदि।

९ – सजिलो संचार
अष्ट्रेलियामा बोलचालको भाषा अंग्रेजी भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि निकै सहज छ। यहाँ अध्ययन गर्दा वा जागिर गर्दा अंग्रेजी भाषामा संवाद गर्न सकिन्छ।

१० – जागिरका अवसर
अष्ट्रेलियामा ग्राजुएट गरेको विद्यार्थीलाई टेम्पोररी ग्राजुएट भिसा ( सबक्लास ४८५ ) प्रदान गरिन्छ। यस अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययन पछि अष्ट्रेलियामा बस्न र जागिर गर्न पाउँछ। ग्राजुएट गरेको विद्यार्थीलाई यहाँ थुप्रै जागिरका अवसरहरु भेटिन्छन्।