आगामी वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

0
225

काठमाडौँ। ५ वर्ष मुनिका बालबालिकालाई आगामी वैशाख ६ र ७ गते भिटामिन ‘ए’को क्याप्सुल खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रमलाई प्रभावकारी बनाउन सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ।

अभियान अन्तरगत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने छ। साथै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि दिईने छ। यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा बालभिटा वितरण गरिनेछ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले ११ बुंदे निर्णय गर्दै अभियानका क्रममा सोहि अनुसार अगाडी बढ्न पनि मन्त्रालयले निर्देशन गरेको छ। अभियानका क्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै बालबिलकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम स्थगन गरेको मन्त्रालयले जानकारी दिएको छ।