‘फूललबुट्टे सारी’ गाएकी यूगान्डाकी गायिका वियोन्ससँग नयाँ गीत गाउँदै मदनकृष्ण

0
407

काठमाडौँ, बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र ‘फूलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी यूगान्डाकी गायिका दे क्याप्टेन
वियोन्स फमासीले नयाँ गीत गाउने भएका छन्। बिहीबार सामाजिक संजालमा एक पोष्ट गर्दै श्रेष्ठले वियोन्ससंग नयाँ गीत
गाउने तयारी गरेको जानकारी दिएका हुन्।

‘हामीले गाएको गीत ‘फुलबुट्टे सारी’ वियोन्सले पनि गाइन् । त्यसपछि यो गीतले अन्तर्राष्ट्रिय करणको रुप लिएको महसुस
गरिएको छ,अब वियोन्स र म मिलेर अर्को एउटा युगल गीत गाउने तरखरमा छौं’ श्रेष्ठले लेखेका छन्।

उक्त पोस्टमा श्रेष्ठले वियोन्ससँग आफ्नो स्वर मेल खाला कि नखाला भनेर चिन्ता समेत व्यक्त गरेका छन् ।