अष्ट्रेलियामा रहनुहुने देवर देउरानीलाई संदेश: पीआर चाँडो मिलोस्, गएको उद्देश्य पूरा होस्

0
227

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि ‘केक टु नेपाल’ एउटा भरपर्दो तथा सजिलो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनुभएका आफन्तलाई कस्तो महसुस हुन्छ ? अष्ट्रेलिया र त्यहाँ भएका आफन्तबारे उहाँको कस्तो धारणा छ ? आदि बारेमा केक टु नेपालसंगको सहकार्यमा हिमालयन कंगारुले आफन्तसंग कुराकानी गर्दै ‘नेपालबाट संदेश’ स्तम्भ सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भक्तपुरको कौशलटार घर हुनुभएकी कन्चन गिरिसंगको कुराकानी प्रस्तुत गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
देवर देउरानीले पठाउनुभएको।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मलाई थाहै थिएन। एक्कासी सरप्राइज आउँदा एकदमै खुसी लाग्यो।

तपाईंको देवर-देउरानी अष्ट्रेलियामा कहाँ बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
पर्थमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
४/५ वर्ष भयो जानुभएको। भेट हुन पाइंदैन। फेसबुक अनि भिडियो कलले गर्दा अलि नजिक भएजस्तो हुन्छ। तर पनि आफ्नो करियरको लागि, भविष्यको लागि जानुभएको हो। त्यसरुपले हेर्दा राम्रै लाग्छ।

चाडपर्वमा उहाँको कत्तिको सम्झना आउँछ ?
परिवारमा सधै मिस गरिन्छ। त्यही पनि चाडपर्वमा त अझ विशेष सम्झना आउने नै भयो।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो पढाइ तथा करियरको लागि जानुभएको हो। फर्किनुभएपनि यहाँ परिवार सबै संगै भइन्थ्यो। मेरो विचारमा त आफ्नो उद्देश्य पूरा भएपछि फर्किए हुन्छ। अब, उहाँहरुको सोंच कस्तो छ।

तपाईं अष्ट्रेलिया जानुभएको छ ?
गएकी छु। अघिल्लो वर्ष गएर आएकी हूँ।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
सबै कुरा समय-तालिका अनुसार हुने। सबैजना व्यस्त। कसैले पनि समय खेर फालेर नबस्ने। त्यो कुरा सबैभन्दा राम्रो लाग्यो।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
व्यस्त भएर काममा समय दिंदा राम्रो लाग्यो। तर त्यही व्यस्तताले गर्दा कसैसंग भेट्न नपाइने। त्यो अति व्यस्तता चाहिं नराम्रो लाग्यो।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई त उता पढेर, केही कमाइ गरेर, सिप सिकेर अनि नेपालमै आएर केही गरेको मन पर्छ। तर नेपालमा पनि भनेजस्तो सजिलो छैन। संघर्ष गर्नुपर्छ यहाँ पनि।

अन्त्यमा, अष्ट्रेलियामा रहनुभएका हजुरका देवर-देउरानीलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
पढाइ भर्खर सकेर पीआरको प्रोसेसमा हुनुहुन्छ उहाँहरु। पीआर छिटो मिलोस्, आफ्नो उद्देश्य पूरा होस् भन्ने शुभकामना दिन चाहन्छु। खुसी रहनु। हामीले धेरै ‘मिस’ गर्छौं। आफ्नो ख्याल राख्नु। अनि केक टु नेपाल मार्फत पठाउनुभएको यो सरप्राइज उपहारको लागि धेरै धन्यवाद !