‘बलात्कारीलाई फाँसी दे’ भन्दै माइतीघरमा विद्यार्थीले गरे प्रदर्शन

0
29

२५ चैत्र २०७७,काठमाडौँ

मुगुको सोरु गाउँपालिका–९ की ९ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधीलाई फाँसीको सजाय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

बुधबार काठमाडौंको माइतीघरमा सहभागी विद्यार्थीहरुले लक्ष्मी चौलागाईको हत्यामा संलग्न अपराधीलाई फासीको सजाय माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘संविधानमा टाँसी दे, अपराधीलाई फाँसी दे’, ‘वी वान्ट जस्टिस’, ‘मुगु हत्या छानविन गर’ भन्दै चर्को नाराबाजी गरेका थिन् ।त्यस्तै, प्रदर्शनमा सहभागीहरुले ‘बलात्कारीलाई फाँसी दे’, ‘परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दे’, लगायतका प्लेकार्ड बोकेका थिए ।यही चैत २१ गते सोरु गाउँपालिका–९ कैलालीकी ९ वर्षीया लक्ष्मी चौलागाईंको हत्या भएको थियो ।