यी खानेकुराले बढाउँछन् रोग प्रतिरोधी क्षमता

0
75

प्रतिरोधी क्षमता बढाउन सहि खानपान हुनु आवश्यक हुन्छ। प्रतिरोधी क्षमता कमजोर भएकाहरु सजिलै रुघा खोकी, भाइरल संक्रमण वा फ्लुको चपेटामा आउन सक्छन। शरीरको प्रतिरोधी क्षमतालाई बलियो बनाउनका लागी खानपिनमा विशेष ध्यान  दिनुपर्छ। प्रतिरोधी क्षमता बढाउन कस्तो खानेकुरा खाने भन्ने विषयमा जानकारी :

  • अमिलो-गुलियो फलफुल :

अमिलो-गुलियो फलफूलमा भिटामिन सी को मात्रा पाइन्छ। भिटामिन सी लाई सेतो रक्त कोसिकाको उत्पादन बढाउनका लागि महत्वपूर्ण मानिन्छ। जसले शरीरलाई संक्रमण संग लड्न मद्दत गर्छ। सिट्रस फ्रुटमा अंगुर, सुन्तला, कागती लगाएतका खानेकुरा पर्छन्। महिलाले दैनिक ७५ मिलिग्राम र पुरुषले ९० मिलिग्राम भिटामिन सी लिन सक्छन। 

  • रातो क्याप्सिकम :

रातो क्याप्सिकममा स्ट्रेस फ्रुटको तुलनामा तीन गुणा बढी भिटामिन सी हुन्छ । क्यारोटिन प्रचुर मात्रामा पाइन्छ। यसले प्रतिरोधी क्षमता बलियो बनाउनुका साथै भिटामिन सी ले छालालाई स्वस्थ बनाउन समेत मद्दत गर्दछ। बिता क्यारोटिनले आखाँलाई पनि स्वस्थ राख्छ। 

  • ब्रोकली :

ब्रोकलीमा भिटामिनए,सी र ई ,फाइबर र अन्य विभिन्न एन्टीअक्सिडेन्ट पाइन्छ।  ब्रोकली सबै भन्दा स्वस्थ सब्जीमध्ये एक हो। यसलाई उसिनेर वा काचो खानु राम्रो मानिन्छ। यसो गर्दा जसमा भएको पोशाक तत्व नष्ट हुन पाउदैन। 

  • लसुन:

लसुन सबै सब्जिमा हालेर खाने गरिन्छ। यसमा जिंकको प्रचुर मात्रा हुने भएकोले संक्रमणबाट लड्न मद्दत गर्छ। साथै यसले रक्तचाप पनि नियन्त्रण गर्छ। लसुनमा सल्फरयुक्त एलिसिन पाइने हुदा प्रतिरोधी क्षमता बलियो बनाउछ। 

  • अदुवा 

अएन्टी इन्फ्लेमेट्ररी र एन्टी वायरल गुण अदुवामा हुने हुदा घाटीको समस्या कम गर्न यसले मद्दत गर्दछ। अदुवाले रुघा खोकी निको पार्न निकै मद्दत गर्छ। यसमा कोलेस्ट्रोललाई नियन्त्रण गर्ने शक्ति पनि पाइन्छ । 

  • भिटामिन ई :

भिटामिन ई ले प्रतिरोधी क्षमतालाई बलियो बनाउछ र रुघा खोकी बाट लड्न मद्दत पुर्याउछ। बदाम भिटामिन ई को साथै सव्स्था फ्यात पाइन्छ। दैनिक आधा कप बदाम खादा भिटामिन ईको कमि पुरा गर्न सकिन्छ। 

  • ग्रीन टी;

हरियो वा कालो चिया दुबैमा भरपुरमात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ। ग्रीन टी मा  एलथीयामिन पाइन्छ जसले रोग संग लड्न मद्दत गर्छ। 

  • बेसार 

हरेक घरमा प्रयोग हुने मसला बेसार हो।  बेसारमा एन्टी इन्फ्लेमेटरी, एन्टी वायरल आदि गुण पाइन्छ । त्यसैले यसलाई वर्षौंदेखि अस्टियोअर्थराइटिस र रुमेटीइड आर्थराइटिसको उपचारका लागि उपयोग गरिन्छ । बेसारमा पाइने करक्यूमिनले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।

  • पालुङ्गोः

पालुङ्गोमा भिटामिन सी मात्रै होईन एन्टीअक्सिडेन्ट र बिता क्यारोटिन पनि हुन्छ। जसले हाम्रो प्रतिरोधी क्षमता बलियो बनाएर संक्रमणसंग लड्न मद्दत गर्छ। यसको पोषक तत्व कायम राख्नलाई यसलाई पूर्ण रुपमा नपकाउनुहोस्। 

  • दहि 

विज्ञका अनुसार दहीमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ। यसको सेवनले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ,शरीरलाई कुनै पनि संक्रमणको खतराबाट जोगाउछ।