अष्ट्रेलियामा नेटफ्लिक्सको नामबाट ठगी, सतर्क रहन सबैलाई आग्रह

0
114

मेलबर्न। अष्ट्रेलियामा पछिल्ला केही दिन यता नेटफ्लिक्सको नामबाट ठगी बढेको छ। एक गिरोहले ग्राहकहरुहरुलाई नेटफ्लिक्सको नामबाट इमेल पठाएर ठगी गर्ने गरेको हो।

नेटफ्लिक्सका ग्राहकलाई गल्तीले अघिल्लो महिना दुई पटक शुल्क लिइएको बताइन्छ र उक्त रकम फिर्ता हुने भन्दै ग्राहकलाई लोभ देखाइन्छ। त्यसपछि रकम फिर्ताको लागि लिंक दिइन्छ साथै व्यक्तिगत विवरण पनि लिइन्छ। र, ग्राहकले इमेलमा आएका कुरा मान्दै गएमा ऊ लुटिन्छ।

इमेलमा झट्ट हेर्दा नेटफ्लिक्सले नै पठाएको जस्तो देखिएतापनि ध्यान दिएर सबै हेर्दा, नक्कली हो भनेर बुझ्न सकिने सम्बन्धित व्यक्तिहरु बताउँछन्। नेटफ्लिक्सको नाममा ठगीका घटना बढेपछि अधिकारीहरुले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।