अष्ट्रेलिया-न्युजिल्याण्ड आउजाउ गर्दा क्वारेन्टिन बस्नु नपर्ने, छिट्टै सुचारु हुँदैछ उडान

0
94

मेलबर्न। अष्ट्रेलिया र न्युजिल्याण्ड आउजाउ गर्दा क्वारेन्टिन बस्नु नपर्ने भएको छ। कोरोना महामारीका कारण कडा गरिएको दुई देशको उडान अप्रिल १९ देखि क्वारेन्टिन फ्री हुनेभएको हो। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले न्युजिल्याण्डको यो निर्णय स्वागतयोग्य रहेको बताएका छन्।

न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले आउने सक्ने चुनौती व्यवस्थापन गर्ने सकिने सम्भावना रहेकोले क्वारेन्टिन फ्री उडान सुचारु गर्ने निर्णय गरिएको बताएकी छन्। उनले यो उडान कोरोना महामारीभन्दा पहिलेको जस्तो भने नहुने समेत स्पष्ट पारेकी छिन्। फ्लाइट सुचारु भइसकेपछि यात्रुहरुले स्वास्थ्य सतर्कता अपनाउनुपर्नेछ।

प्रधानमन्त्री आर्डेनले उडान सुचारु भइसकेपछि अष्ट्रेलिया र न्युजिल्याण्डमा कोरोना संक्रमण देखिएमा आवश्यक कदम चालिने बताएकी छिन्। उनका अनुसार, यदि बोर्डरमा कार्यरत व्यक्तिमा संक्रमण देखिएमा उडान सुचारु नै रहनेछ। तर संक्रमित व्यक्ति बोर्डरसंग सम्बन्धित नभएमा फ्लाइट रद्द हुनेछ। र, यदि संक्रमितको संख्या धेरै देखिएमा उडान केही समयको लागि फेरी बन्द हुनेछन्। त्यसैगरि, अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक तथा पीआरहोल्डरहरुका लागि मात्र क्वारेन्टिन फ्री यात्राको अनुमति हुनेछ।