अष्ट्रेलियावासी गीतकार विश्व गौडेलको ‘ऐंसेलुको काँडा’ सार्वजनिक

0
77

मेलबर्न। अष्ट्रेलियावासी गीतकार विश्व गौडेलको नयाँ गीत ‘ऐंसेलुको काँडा’ सार्वजनिक भएको छ। शनिबार BLAKE BROS इन्टरटेनमेन्ट मार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

अष्ट्रेलियामा रहेर पनि नेपाली गीतसंगीतमा लागिरहनुभएका गौडेल भन्नुहुन्छ, ” नेपाली नयाँ वर्षको अवसर पारेर म्युजिक भिडियो सार्वजनिक गरेका हौँ। श्रोता तथा दर्शकको राम्रो प्रतिक्रिया मिलिरहेको छ। यसले गर्दा मलाई पनि यो सांगीतिक क्षेत्रमा निरन्तर लाग्नको लागि हौसला मिलेको छ। म्युजिक भिडियो निर्माण देखि सार्वजनिक गर्दासम्म साथ दिने सम्पूर्ण संस्था तथा व्यक्तित्व र सार्वजनिक भइसकेपछि हेरेर, सुनेर प्रतिक्रिया दिनुहुने सम्पूर्ण श्रोता, दर्शक तथा शुभेच्छुकहरुप्रति आभारी छु”।

लोक-पप भाकामा रहेको यो गीतमा नेपाल आइडलको अघिल्लो सिजनका लोकप्रिय प्रतियोगी किरण भुजेलको स्वर रहेको छ। त्यस्तै, गीतमा संगीत शंकर स्माइलको रहेको छ भने एरेन्ज उदय राज पौडेलले गर्नुभएको छ।

गीतको म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित मोडलहरु प्रिन्सी खतिवडा, प्रिज्मा खतिवडा, सुधिर श्रेष्ठ र सुरेन्द्र बसेललाई देख्न सकिनछ । म्युजिक भिडियोको निर्देशन र्यान कार्कीले गर्नुभएको हो। त्यस्तै, डिजाइनर बिष्णु खड्का र प्रकाश कुमार पुरीको मेहनतले म्युजिक भिडियो अझ सुन्दर बनेको छ ।