मेलबर्न नेपालको आयोजनामा नेपाली नयाँ वर्ष विशेष नि:शुल्क बार्बीक्यु पार्टी

0
559

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा नेपाली नयाँ वर्षको अवसरमा नि:शुल्क बार्बीक्यु पार्टी हुनेभएको छ। मनोरन्जनका साथमा नेपाली विद्यार्थी तथा समुदायको हकहितका निम्ति हातेमालो गर्ने उद्देश्यले शुरु गरिएको समूह मेलबर्न नेपालले कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमको बारेमा मेलबर्न नेपालका संस्थापक मध्येका सुजन खरेल भन्नुहुन्छ,” नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव बढाउने हेतुले कार्यक्रमको आयोजना गरिएको हो। बार्बीक्यु, शुभकामना आदानप्रदान संगै भरपूर रमाइलो गर्नका लागि सबैलाई सहभागी भइदिनुहुन अनुरोध गर्छौं “। उहाँले फेसबुक मार्फत समूहमा आबद्ध हुनुभएका सम्पूर्णप्रति आभार समेत व्यक्त गर्नुभयो।

त्यस्तै, मेलबर्न नेपालका अर्का संस्थापक शैलेश घिमिरे भन्नुहुन्छ, “अहिले हामीले सामाजिक संजाल मार्फत आफ्नो कार्य अगाडी बढिरहेका छौं र सामाजिक संजाल, फेसबुक मार्फत सदस्यहरु पनि बढिरहनुभएको छ। सबैले देखाउनुभएको चासोले हामीलाई थप हौसला मिलेको छ। हामीले हाम्रो सक्रियतालाई कायम राख्दै निरन्तर यस समूहको उद्देश्य प्राप्तिको लागिरहनेछौं “। घिमिरेले नयाँ वर्ष विशेष कार्यक्रममा मेलबर्न नेपाल समूहको पृष्ठभूमी र उद्देश्य संगै आगामी योजनाहरुका बारेमा जानकारी दिंदै अन्तरक्रिया गरिने जानकारी गराउनुभयो।

नयाँ वर्ष विशेष बार्बीक्यु कार्यक्रम आगामी १४ अप्रिल अर्थात वैशाख १ गते दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुनेछ। कार्यक्रम कोबर्ग नर्थ स्थित कोबर्ग लेक रिजर्भमा हुनेछ। त्यस्तै, सहि हो इभेन्ट्स यस कार्यक्रमको इभेन्ट पार्टनरको रुपमा रहेको छ।