‘अष्ट्रेलियामा पैसा बोटमा फल्दैन भन्ने कुरा विद्यार्थी र अभिभावक दुवैले बुझ्नुपर्छ’

0
151

अष्ट्रेलियामा आफ्नो करियर निर्माणको लागि संघर्षशील नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा यो ‘टक’ सेसन शुरु गरिएको हो। यस अन्तर्गत आज हामीले भक्तपुर स्थायी घर भई हाल अष्ट्रेलियाको ब्रिसबेनमा बसोवास गरिरहनुभएका सागर जंग रानाभाटसंगको कुराकानी समावेस गरेका छौं।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
२०१९ को अप्रिलमा आएको हूँ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया आउनुभएको थियो ?
खासमा म पहिला जापान गएको थिएँ। म नेपालमा ब्याचलर तेस्रो वर्षमा पढ्दै थिएँ अनि जापान गएँ। त्यताबाट फेरी अष्ट्रेलिया आएको हूँ।

कुन भिसामा अष्ट्रेलिया आउनुभएको थियो ?
डिपेनडेन्ट भिसामा आएको हूँ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
अष्ट्रेलिया आउनुभन्दा पहिले यहाँको सुविधा मात्र सोचिन्छ। तर यहाँ धेरै गाह्रो छ। सोंचेको जस्तो केही पनि हुँदैन।

काम पाउन कत्तिको गाह्रो भयो ?
गाह्रो भयो नि ! आफूले चिनेका मान्छेहरु हुनुपर्दो रहेछ।

अष्ट्रेलियाका सकारात्मक पक्षहरु के-के हुन् ?
यहाँ भौतिक सुविधा धेरै छ। अनि स्वतन्त्रता हुन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
परिवारसंग भइदैन। अनि संघर्ष गर्नुपर्ने हुन्छ। एक्लोपन र संघर्षका कारण डिप्रेसनमा जाने डर हुन्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
मानसिक र भावनात्मक रुपमा बलियो बन्नुपर्छ भन्ने सिकायो। कोही पनि आफ्नो हुँदैन।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
विह्यार्थी कि काममा राम्रो हुनुपर्छ, कि पढाइमा। त्यही अनुसार आफ्नो योजना बनाउनुपर्छ। सिप सिकेर आयो भने काम पाउन सजिलो हुन्छ। अनि गाडी चलाउन पनि सिकेर आउनुस्।

अष्ट्रेलिया आउने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
यहाँ पैसा बोटमा फल्दैन, यो कुरा अभिभावक र विद्यार्थी दुवैले बुझ्नुपर्छ। एकदमै गाह्रो छ। अरु अष्ट्रेलिया हिंडे भन्दैमा छोराछोरीलाई पनि अष्ट्रेलिया पठाउनैपर्छ भन्ने नसोंच्नुस्। सबैकुरा बुझेर मात्र पठाउनुस्।