उपत्यकामा मेलम्चीको पानी झरेसँगै कांग्रेसले सम्झियो सन्त नेता भट्टराई

0
62

काठमाडौं, चैत १९

मेलम्चीको पानी उपत्यकामा झरेसँगै प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले आफ्ना सन्त नेता तथा पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको सपना साकार भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ती जारी गर्दै भट्टराइको योजना बमोजिम काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्ची परियोजना सफल हुने उल्लेख गर्नुभएको छ ।

उहाँले नेता भट्टराईप्रति श्रद्धापूर्वक सम्मान प्रकट गर्न आग्रह गर्दै काठमाडौ उपत्यकाबासीमा बिशेष बधाई ज्ञापन गर्नुभएको छ । कांग्रेसले मेलम्चीको सफलताले देशको समृद्धिका लागि आधुनिक प्रविधि र नविन परियोजनाहरुका लागि थप मार्गप्रशस्त समेत भएको पनि उल्लेख गरेको छ ।