अष्ट्रेलियामा मधेसी समुदाय भिक्टोरीयाले उल्लासका साथ मनायो होली

0
210

मेलबर्न। अष्ट्रेलियामा मधेसी समुदाय भिक्टोरियाले उल्लासका साथ होली पर्व मनाएको छ। नेपालको तराई क्षेत्रमा स्थायी घर भई हाल अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोवास गरिरहेका नेपालीहरुको साझा संस्था एमसीभी (मधेसी कम्युनिटी इन भिक्टोरिया)ले स्वास्थ्य सुरक्षा अपनाउँदै होली पर्व मनाएको हो।

आफ्नो कला संस्कृतिको प्रबर्द्धन गर्दै ,मधेसी समुदाय भिक्टोरियाले हरेक वर्ष विशेष कार्यक्रममा साथ होली पर्व मनाउंदै आएको छ। जसअनुसार, यस वर्ष “Celebrate Friendship, Harmony and Goodwill Irrespective of our Religion and Nationality in a Covid-Safe Environment” भन्ने मूल नाराका साथ होली पर्व मनाइयो।

होली विशेष कार्यक्रममा रंगहरुसंगै बार्बिक्यु, डिजे संगीत र फोटोग्राफीले रौनक थपेका थिए। कार्यक्रममा नितेश केसीले फोटोग्राफीमा र म्युजीकमा डीजे एभरेष्टले सहयोग गर्नुभएको थियो भने क्याटरिङ पार्टनरमा हिमालयन भोजनालयको सहयोग रहेको थियो। डाँफे कन्सल्टीङ मेल्बर्नले मूख्य प्रायोजन गरेको कार्यक्रममा ट्राभल पार्टनरका रुपमा फनफन्नी टुर्स र नेपा रिमुभल्स रहेका थिए।

कार्यक्रममा मधेसी समुदायसंगै अन्य समुदायको पनि उल्लेख सहभागिता रहेको थियो। त्यस्तै, कार्यक्रममा थोमस्टाउन जिल्लाका लागि राज्य सदस्य ब्रोन्विन हाफपेनी सवकन्टीनेन्ट फ्रेण्ड्स अफ लेवरका मनोज कुमार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थिति हुनुभएको थियो।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुरेन्द्र रौनियारले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नको लागि सहयोग गर्ने प्रायोजक संस्थाहरु, अतिथि, सम्पूर्ण सहभागी, सहयोगी तथा संस्थाका तर्फबाट कार्यक्रम संयोजक तथा स्वयंसेवकहरुप्रति आभार व्यक्त गर्नुभएको थियो।

कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नको लागि संस्थाले गोपाल शाह संयोजकको संयोजकत्वमा टिम गठन गरेको थियो। त्यस्तै, कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि स्वयंसेवकहरू राजीव महतो, प्रमोद पटेल, शाह पवन, कर्ण प्रकाश, ओम राउत, राजेश जायसवाल, पंकज सरदार, पंकज यादव, अशोक महाशेठ, मनीषा गुप्ता, बिन्दु शर्मा, नीरा श्रीवास्तव, नीलम कर्ण, मानव श्रीवास्तव कार्यक्रम अवधिभर सक्रिय रहनुभएको थियो।