‘अष्ट्रेलियामा नेपाली फिल्म शो गर्दा, दर्शकहरुले मन पराउने किसिमको फिल्म रोज्नुपर्छ’

0
64

अष्ट्रेलियामा रहेका सबै नेपालीको लागि आफ्नो अनुभव र चाहना राख्न पाउने ठाउँ रुपमा तथा नेपाली व्यवसाय प्रबर्द्धनको लागि हिमालयन कंगारुले ‘टक’ सेसन राखेको छ। जसमा अष्ट्रेलियामा बसेका नेपालीहरुसंग विभिन्न विषयमा गरिएको कुराकानी समावेश गरिन्छ।

आजको टक सेसनमा हामीले अष्ट्रेलियामा हुने नेपाली फिल्म शो बारेमा कुराकानी ‘मुभी टक’ गरेका छौं। मुभी टकमा हाल अष्ट्रेलियाको एडलेडमा बसोवास गर्दै आउनुभएका सुजन बानियाँसंग गरिएको संक्षिप्त कुराकानी :

नेपालमा तपाईंको घर कहाँ हो ?
भक्तपुर, ठिमीमा।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
५ वर्ष भयो। २०१६ मा आएको हूँ।

हाल अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
अहिले सेफको रुपमा काम गर्दैछु।

तपाईंका रुचीहरु के-के हुन् ?
सेफ हूँ, खाना बनाउन मन पर्छ। त्यो बाहेक मुभी हेर्न अनि भ्रमण गर्न।

नेपाली फिल्म कत्तिको हेर्नुहुन्छ ?
हेर्छु। युट्युबमा आएका फिल्महरु हेरिन्छ।

तपाईंलाई सबैभन्दा मन परेको नेपाली फिल्म कुन हो ?
आमा र प्रेमगीत।

अष्ट्रेलियामा नेपाली फिल्मको शो आयोजना हुँदा जाने गर्नुभएको छ ?
त्यसरी शोमा त अहिलेसम्म गएको छैन।

अष्ट्रेलियामा नेपाली फिल्म शो को टिकट मूल्य कत्तिको महँगो लाग्छ ?
नेपाली फिल्म यहाँ हलमा रिलिज हुन्न। विशेष कार्यक्रम मार्फत शो गर्दा महँगो पर्नु स्वाभाविक ह। आयोजकहरु २५/३० डलर जति भनिरहेका हुन्छन्। म टिकट महँगो भएर हेर्न नगएको चाहिं होइन।

पछिल्ला नेपाली फिल्महरुको गुणस्तर कस्तो मान्नुहुन्छ ?
पछिल्ला फिल्महरु राम्रा छन्। पछिल्ला केही फिल्म त हामीले अनुमान गरेभन्दा राम्रा हुन्छन्। नेपाली फिल्म उद्ध्योग अलि विकसित भए जस्तो लाग्छ।

अष्ट्रेलियाको नेपाली समुदायमा नेपाली फिल्मका दर्शक बढाउनको लागि के गर्नुपर्ला ?
नेपाली फिल्मको शो गर्ने भन्दैमा आयोजकहरुले जस्तो पायो त्यस्तै फिल्मको शो आयोजना गर्नुभएन। दर्शकले आफ्नो पैसा खेर गयो भन्ने खालको फिल्म हुनुभएन। त्यसैगरी, फिल्मको ट्रेलर कस्तो छ, त्यो अनुसार पनि हुन्छ। प्रोमोसनमा पनि धेरै ध्यान दिनुपर्यो।