मैले खोजेको नेपालको अस्तीत्व अष्ट्रेलीयामा भेटिन

0
320

प्रदिप पौडल (एडिलेड)

बिश्वमा नेपालले राखेको ईतिहास , गौरब र बिरताले गर्दा नेपाल बिना शस्त्रअस्त्र शक्तिशाली बन्यो । उहि बिरता र पुर्बजको पौरख देखाउदै नेपालीहरु बिश्वमा सान र मान कमाउन चाहान्छन् तर अब यसले मात्र नेपालको अस्तीत्व रहने सम्भावना निकै कम छ ।

नेपाली संस्कारनै छ बाबुबाजेले जोडेको चलअचल सम्पत्तीमा हकदाबी गर्ने , सधै कहा एकनास हुदोरहेछ र ? पुर्खाको सम्पत्ती पुर्खाकै नाममा राखौ ,हामी युवा पुस्ता नया ईतिहास रच्न तर्फ लागौ , कति सधै जंगबहादुर ,पृथ्बीनारायण शाहको नााम लिएर सान र मान थापिरहनु । उनिहरुको त योगदान अबिस्मरणीय छ नै ?

नेपाल बाट बिश्वका धेरै मुलुकमा नेपालीहरु श्रमका लागि पुग्ने गरेका छन् । जसमध्य एकदमै धेरै जाने देशमा अहिले अष्ट्रेलिया उत्कृष्ट गन्तब्य रहेको छ । यँहा पनि नेपाली समाज ब्यापक नै छ तर नेपाली समुदायमा एकरुपता नदेखिनुनै नेपाली माथिको अस्तीत्व शंकटमा पर्नु सरह हो ।

हरेक समुदायमा भाइचाराको सम्बन्ध उत्कृष्ट मानिन्छ , यहाँ नेपालमा जस्तो छैन हरेक नेपालीले आफ्नो स्वार्थ भन्दा अरु केही रोज्न सक्दैनन् । छन त छन् त्यस्ता ब्याक्तीहरु जो सबैका प्रिय बनेका छन् समाजमा उदार मन भएकाहरु त्यो पनि औलामा गन्न सकिन्छ । अष्ट्रेलियामा बसोवास गर्ने जो कोही नेपालका लागि केही गर्नु पर्छ भन्ने भावनानै राख्दैनन् । अरु त अरु छोडौ आफ्नो मातृ भाषा पनि बोल्न अफ्ठेरो मानिरहेको हुन्छन् , आखिर किन ?

म नेपाली हु र मेरो देशश नेपाल हो भन्न नसक्नु नेपाली भएर नेपालको स्वाभिमान गिराउनु सरह हो । त्यसैले जो नेपाली बिश्वको जुने ठाउमा भए पनि आफ्नाो धरातल र देश नभुलौ ।