अष्ट्रेलियाको क्विन्सल्याण्डमा समुदाय स्तरमा थपिए ८ जना नयाँ संक्रमित

0
115

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा राज्यमा समुदाय स्तरमा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। मंगलबार १४ हजार जनामा गरिएको परिक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमित मध्ये ६ जना योभन्दा अगाडीका संक्रमित केससंग जोडिएको बताइएको छ। त्यस्तै, दुई जनालाई कहाँबाट संक्रमण सर्यो भन्ने अनुसन्धान भइरहेको छ। ग्रेटर ब्रिसबेनमा समुदाय स्तरमा संक्रमित देखिएपछि हिजोदेखि तीन दिने लकडाउन लागु भएको छ।