रिजनल भिसा ४९१ को लागि पेशा थप्दै न्यू साउथ वेल्स

0
712

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले स्किल्ड वर्क रिजनल भिसा ( सबक्लास ४९१) को पर्खाइमा रहेकाहरुका लागि नयाँ आशा थपिदिएको छ। राज्य सरकारले यो भिसाको लागि दक्ष पेशाको सूचीमा पेशाहरु थप्ने बताएको हो।

न्यु साउथ वेल्स राज्य सरकारले ४९१ भिसाको लागि अप्रिल १ देखि पेशाहरु थप्ने एसबीएस न्युजले उल्लेख गरेको छ। सबक्लास ४९१ अर्थात स्किल्ड वर्क रिजनल भिसा ग्रामिण क्षेत्रमा काम गर्नको लागि प्रतिबद्ध आवेदकहरुका लागि प्रदान गरिन्छ।

त्यस्तै, राज्य सरकारले न्यू साउथ वेल्स बाहिर बसोवास गरिरहेका र न्यू साउथ वेल्स बाहिर काम गरिरहेकाहरुको आवेदन अप्रिल १ देखि नलिने जनाएको छ।