२०२१ मा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया फर्किन सक्ने सम्भावना छैन: शिक्षामन्त्री टज

0
2232

मेलबर्न। अन्तर्राष्ट्रिय विद्यार्थीहरु सामान्य रुपमा २०२१ मा अष्ट्रेलिया फर्किने सम्भावना नरहेको शिक्षामन्त्री एलन टजले बताएका छन्। उनले २०२१ मा अत्यन्तै न्युन विद्यार्थी अष्ट्रेलिया फर्किन सक्ने सम्भावना रहेको बताएका हुन्। एसबिएस हिन्दिले अष्ट्रेलिया-भारत परिषदद्वारा आयोजित ‘स्टडी इन अष्ट्रेलिया’ वेबिनारमा मन्त्री टजले उक्त भनाइ राखेको उल्लेख गरेको छ।

मन्त्री टजले आगामी वर्ष अर्थात २०२२ मा मात्र स्थिति सामान्य हुनसक्ने र विद्यार्थीहरु धेरै मात्रामा अष्ट्रेलिया भित्रिन सक्ने बताएका छन्। उनले भनेका छन्, ” कोरोना विरुद्धको भ्याक्सिन शुरु भैसकेकाले यो वर्ष विद्यार्थी भित्रिन सक्ने अनुमान गरिएको हो। तर त्यसको लागि भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमता बढाएर मात्र हुँदैन, भाइरस फैलिनुबाट पनि रोक्नुपर्छ”।

मन्त्री टजले राज्यहरुले शैक्षिक संस्थाहरुसंग मिलेर आ-आफ्नो राज्यमा क्वारेण्टिन बनाउन सकेमा, यो वर्ष नै सबै नभएपनि केही विद्यार्थी फर्किन सक्ने समेत बताएका छन्।