मेलबर्नमा रोयल वेस्टर्न्स क्लबद्वारा आयोजित चारदिने रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

0
440

अष्ट्रेलियाको मेलबर्नमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मेलबर्नमा क्रियाशील नेपालीहरुको संस्था रोयल वेस्टर्न्स क्लबको आयोजनामा चार दिने रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हो।

रक्तदान कार्यक्रम मार्च ०६ तारीखदेखि शुरु भएको थियो। जसमा ५० जनाको सहभागिता रह्यो। रक्तदानको लागि सहभागी मध्ये १६ जनाले रक्तदान, २६ जनाले प्लाज्मा तथा १ जनाले प्लेटलेट दान गर्नुभयो। सात जनाले भने विभिन्न कारणवश, आगामी दिनका लागि पुन: बुकिङ्ग गरेको आयोजक संस्थाले जनाएको छ।

रक्तदान गरेका मध्ये २८ जनाले आफ्नो जीवनमा पहिलो पटक रक्तदान गरेको बताउनुभयो भने अर्का एक सहभागी डा. सन्देश पन्थले अष्ट्रेलियामा ४७ पटक र नेपाल, बङ्लादेशमा गरी आफूले जम्मा ११७ पटक रक्तदान गरिसकेको बताउनुभयो । डा पन्थको अनुभव सुनाउँदै गर्दा सहभागीहरुलाई रक्तदानका लागि थप प्रेरणा मिलेको थियो।

सहभागीहरुले रक्तदान जस्तो राम्रो काममा सहभागी हुन पाउँदा गर्व लागेको बताउँदै कार्यक्रम आयोजक संस्था रोयल वेस्टर्न्स क्लबलाई धन्यवाद दिनुभएको थियो। त्यसैगरी, सहभागीहरुले यो कार्यक्रमका कारण आफूहरुमा उत्साह थपिएको र आगामी दिनहरुमा पनि रक्तदानका लागि निरन्तर लागिपर्ने बताउनुभयो।

कार्यक्रममा अष्ट्रेलियन रेडक्रस लाइफब्लड, रिजनल पार्टनरशिपका ग्रुप एकाउन्ट म्यानेजर एली गिल्स समेत उपस्थिति रहेको थियो। उहाँले नेपाली समुदायको प्रतिनिधित्व गर्दै रोयल वेस्टर्न्स क्लबले खेलकुदका साथसाथै आयोजना गरेको रक्तदान कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्दै सम्पूर्ण सहभागी रक्तदाताहरु लगायत सहयोगी संस्थाहरु प्रति आभार प्रकट गर्नुभयो ।

आयोजक संस्था रोयल वेस्टर्न्स क्लबका सचिव तथा रक्तदान कार्यक्रमका संयोजक सुशील चालिसेले कार्यक्रम सफल रुपमा सम्पन्न गर्नका लागि एनआरएनए भिक्टोरिया, दिदीबहिनी समाज भिक्टोरिया, मेल्बोर्न नेपालीज कम्युनीटि वेस्ट, न्याभ बाल चौतारी वेस्ट, गुल्मी समाज भिक्टोरिया, लुम्बिनी कपिलवस्तु डे मुभमेन्ट, एक्स्पर्ट एजुकेसन भिसा सर्भिसेस, हङ्री आइज रेस्टुरेन्ट, एसडिएस मेल्बर्न लगायत मेलबर्नमा क्रियाशील नेपाली संघसंस्थाको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

संयोजक चालिसेले सहभागी सम्पूर्णलाई विशेष धन्यवाद दिंदै भन्नुभयो, “यति धेरै सहभागीहरुका बीच कार्यक्रम सम्पन्न भएकोमा एकदमै खुसी लागेको छ। रक्तदानको लागि साथीहरु थप उत्साहित हुनुभएको छ। आगामी कार्यक्रमका लागि समेत बुकिङ्ग गरिसक्नुभएको छ। जुन उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो, त्यो उद्देश्य पूरा हुँदा हामीलाई थप हौसला मिलेको छ “।

त्यस्तै, क्लबका अध्यक्ष बम योन्जनले सहभागी सम्पूर्ण रक्तदाता तथा वेरेबी लगाएत एअरपोर्ट वेस्ट लाइफ ब्लड डोनर सेन्टरलाई व्यवस्थित रूपमा संचालल गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। यसका साथै उहाँले आगामी दिनहरूमा रक्तदान कार्यक्रम क्लबको सिग्नेचर प्रोग्राम रहने बताउनुभयो।

रक्तदान कार्यक्रममा रोशन दाहाल, रबिन खाँड ठकुरी, राजु श्रेष्ठ, शंकर थापा, गान्धी प्रशाद भट्टराई, सुबास पाण्डे, मधु अधिकारी, शसेन्द्र गौतम केसी, भावना भट्ट, नरेश रावल, बर्षा भण्डारी, भुपेन्द्र भण्डारी, प्रबीण चालिसे, रामकुमार श्रेष्ठ, रमेश कसपाल, डा. सन्देश पन्थ, प्रज्ञा गर्तौला पन्थ, पुरन श्रेष्ठ, कुलराज सापकोटा, रितु चित्रकार, दिपेन्द्र खड्का, रामबाबु अधिकारी, मिलन ज्ञवाली, रामकृष्ण श्रेष्ठ, मोहन बिक्रम हमाल, सायद श्रेष्ठ, रचना श्रेष्ठ, दुर्गा महर्जन, सुरज श्रेष्ठ, यज्ञ जोशी, मनोज भट्टराई, गुरु दत्त भुसाल, आनन्द घिमिरे, मधुकर श्रेष्ठ, रोशनी श्रेष्ठ, जितेन्द्र अधिकारी, माधब सुवेदी, सुदिप न्यौपाने, राजेश जैसवाल, बिराज कुँवर, नगेन्द्र बोहरा, प्रकाश भट्टराई, सुरेश शर्माले रक्तदान गर्नुभएको थियो। कार्यक्रम मार्च ०६ तारीखका दिन लाइफब्लड वेरिबी डोनर सेन्टर र मार्च २६, २७, २८ तारीखका दिन लाइफब्लड एअरपोर्ट वेस्ट डोनर सेन्टरमा सम्पन्न भएको हो।

थप तस्बिरहरु :