अफगानिस्तानमा तालिवान विद्रोहीको आक्रमणमा कम्तीमा १० प्रहरीको मृत्यु

0
728

एजेन्सी– अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा विद्रोही लडाकूले गरेको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु भएको छ ।

एक स्थानीय अधिकारीका अनुसार नार–ए–सारज जिल्लाको याक्लिङ क्षेत्रमा शनिबार विहानै प्रहरी चौकीमा आक्रमण गरी तालिवान लडाकूले कम्तीमा १० प्रहरी अधिकारीको हत्या गरेका छन् ।

अधिकारीका अनुसार विद्रोहीले चौकीमा आक्रमण गरेपछि करिब तीन घण्टा आक्रमण भएको थियो । घटनामा केही तालिवान लडाकूहरू पनि मारिएका बताइएको छ ।