भिक्टोरीयन नेप्लिज क्रिकेट एसोसिएसनको आयोजनामा एक्स्पर्ट टि-१० च्याम्पियनशिप

0
240

मेलबर्न। अष्ट्रेलियामा बस्ने नेपाली समुदाय कला, संस्कृति सम्बर्द्धनमा मात्र नभई खेल क्षेत्रमा पनि अगाडी बढिरहेको छ। जसका लागि विभिन्न राज्यमा नेपाली समुदायका विभिन्न संघ संस्थाहरु सक्रिय रुपले लागिरहेका छन्। भिक्टोरिया राज्यमा यस्तै सक्रिय रुपमा लागिरहेका संस्था मध्ये क्रिकेट खेललाई अगाडी बढाउन लागिपरिरहेको संस्था हो, भिक्टोरीयन नेप्लिज क्रिकेट एसोसिएसन।

आफ्नो उद्देश्य अनुरुप भिक्टोरीयन नेप्लिज क्रिकेट एसोसिएसनले विभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको छ। जसअन्तर्गत एक्स्पर्ट टि-१० प्रतियोगिता पनि एक हो। प्रतियोगिता आगामी २७ र २८ मार्च अर्थात् आगामी शनिबार र आइतबार हुनेछ।

आयोजक संस्थाका अनुसार, एक्स्पर्ट टि-१० प्रतियोगितामा द हिमालयन क्लब जायनट्स, द हिमालयन क्लब टाईटन्स, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज स्टार , एक्सपर्ट सगरमाथा ब्लुज रेनेगेड्स ,रोयल राइनोज क्रिकेट क्लब, रोयल राइनोज वारियर्स गरी आठ टिम सहभागी हुनेभएका छन्।

प्रतियोगिताको विजेता टिमले ३ हजार डलर पुरस्कार प्राप्त गर्नेछ भने रनर अप टिमले पुरस्कार स्वरुप ५ सय डलर प्राप्त गर्नेछ। प्रतियोगिता फेयरबेन पार्क एस्कटभेलमा र बोइङ रिजर्भ स्ट्राथमोरमा बिहान ८:३० बजेदेखि हुनेछ।